अमेरिकाले सिगरेटमा निकोटिनको मात्रा घटाउने

डिसी नेपाल
८ असार २०७९ १२:१५
124
Shares

न्युयोर्क। अमेरिकाले सिगरेटमा निकोटिनलाई ‘गैरकूलत’ तहमा घटाउने नयाँ नीति घोषणा गर्ने तयारी गरेको छ। यसका लागि सरकार उत्पादकहरूसँग छलफल गरिरहेकाे छ। चुरोटमा सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ। यो नीति सफल भएमा यसै शताब्दीको अन्त्यसम्ममा लाखौं जीवन बचाउन सकिने र यसले भविष्यलाई एउटा आकार दिनेछ, जहाँ चुरोट अब लत र दुर्बल रोगहरूको लागि जिम्मेवार हुनेछैन्।

निकोटिन यस्तो रसायन हो, जसले लाखौंलाई सुर्तीजन्य उत्पादनहरूमा जोड्छ। सुर्तिजन्य पदार्थमा हुने अन्य हजारौँ रसायन र यसको धुवाँले क्यान्सर, मुटुरोग, मस्तिष्कघात, फोक्सोको रोग, मधुमेहलगायतका रोगहरू निम्त्याउने गर्छ।

यद्यपि युरोपको तुलनामा अमेरिकामा धुम्रपान कम प्रचलित र घट्दै गए पनि रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो देशमा प्रति वर्ष ४ लाख ८० हजार मृत्युमा जिम्मेवार छ। सीडीसीको तथ्यांकअनुसार सबै अमेरिकी वयस्कहरूको लगभग १३ दशमलब ७ प्रतिशतले चुरोट पिउँछन्। चुरोटमा निकोटिनको मात्रा घटाउने सबाल अमेरिकी अधिकारीहरूबीच वर्षौंदेखि चर्चाको विषय बनेको छ।

सीडीसीका अनुसार धुम्रपानको कुल आर्थिक लागत प्रति वर्ष ३ सय अर्ब डलरभन्दा बढी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *