युक्रेनी सहर खेर्सनमा रुसी टेलिभिजन प्रसारण

डिसी नेपाल
८ असार २०७९ १४:२३
672
Shares

किभ। युक्रेनको दक्षिणी खेर्सन क्षेत्रमा रुसी टेलिभिजन प्रसारण भइरहेको रुसी सेनाले जनाएको छ। उक्त सहरमा यसअघि रुसी पासपोर्ट र रुसी मुद्रा रुबलको प्रयोग भएको थियो।

रूसी सशस्त्र सेनाले रुसी टेलिभिजन च्यानलहरू निःशुल्क प्रसारण गर्न खेरसन क्षेत्रका सातवटा टेलिभिजन टावरमध्ये अन्तिमलाई पुनः व्यवस्था गरेको कन्फिगर गरेको रुसी सेनाले जनाएको छ।

सन् २०१४ मा रुसले बिलय गराएको क्रिमिया प्रायद्धीपसँगको सीमा रहेको खेर्सन क्षेत्रलाई फेब्रवरीको अन्त्यतिर क्रेमलिनको आक्रमक कारबाहीपछि रुसी सेनाले कब्जा गरेको थियो।

मंगलबार, यस क्षेत्रका मस्को समर्थित एक अधिकारीले उक्त क्षेत्र वर्षको अन्त्यतिर रुसमा मिसिन सक्ने बताए।

दक्षिण युक्रेनको उक्त सहरमा रुसले हमला गर्नुअघि ३ लाख मानिस वसोबास गर्थे। रुसी नियन्त्रणमा पुगेपछि सहर अहिले बाहिरी संसारबाट सम्पर्कबिच्छेद छ। त्यहाँका वासिन्दालाई रुसी सेनाले विभिन्न जाँच बिन्दुमा निरन्तर जाँच गर्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *