साउदी अरबमा उडानको संख्या बढाइयो

डिसी नेपाल
९ असार २०७९ १०:४२
84
Shares

काठमाडौं । एमिरेट्स एयरलाइन्सले जेद्दा र मदिनाबाट दैनिक उडान र विमानको संख्या बढाउने निर्णय गरेको छ । हजयात्रीको संख्या बढेपछि यो निर्णय गरिएको हो ।

वास्तवमा विगत दुई वर्षदेखि कोरोनाका कारण हजयात्राका लागि आउने मानिसको संख्या निकै कम थियो तर अहिले कोरोनाको कहर अलिकति घटेपछि साउदी अरेबियाले हजयात्रीलाई ठूलो परिमाणमा स्वागत गर्ने तयारी गरेको छ ।

यो दुबई-आधारित एयरलाइन्सले जेद्दामा ३१ थप उडान सुरू गर्दैछ। यससँगै मदिनाको उडान पनि जुन २३ देखि जुलाई २३ सम्म दोब्बर भएको छ । यस वर्ष तीर्थयात्रीको संख्या १० लाख पुग्ने आधिकारिक घोषणापछि वायुसेवा कम्पनीले यस्तो निर्णय गरेको हो ।

संसारको यो सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको लागि सामान्यतया लाखौं मानिसहरू भेला हुन्छन्। सन् २०१९ मा करिब २५ लाख मानिसले हज गरेका थिए । तर, २०२० मा आधिकारिक घोषणापछि मात्र १००० तीर्थयात्रीलाई हज गर्न अनुमति दिइएको थियो।

हज तथा उमराह मन्त्रालयले भर्खरै घोषणा गरेको छ कि कोभिड विरुद्धको खोप लगाएका ६५ वर्ष मुनिका व्यक्तिले मात्रै यो वर्ष हज यात्रामा सहभागी हुन पाउनेछन् । अन्य देशबाट हज गर्न आउनेहरूले ७२ घण्टा अगावै रिपोर्ट बुझाउनुपर्नेछ ।

यसपटक हज यात्रामा सबैभन्दा बढी इन्डोनेसिया, पाकिस्तान, भारत, बंगलादेश, नाइजेरिया, टर्की, इजिप्ट, इथियोपिया, मलेसियाका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *