मूल्यवृद्धिविरुद्ध युवा संघ र अनेरास्ववियुद्वारा बेंसीशहरमा विरोध प्रदर्शन

डिसी नेपाल
१० असार २०७९ १८:११

लमजुङ । लमजुङको सदरमुकाम बेंसीशहरमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल लमजुङ र अनेरास्ववियु लमजुङले संयुक्त कार्यक्रमको आयोजना गरी मूल्यवृद्धिको विरोध गरेको हो ।

नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं अनेरास्ववियुका केन्द्रीय सचिव जुन तामाङले सरकारले अस्वाभाविक रूपमा पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको तामाङले बताए ।

सरकारले पछिल्लो समय इन्धन लगायत खाद्य सामाग्रीमा अस्वाभाविक रूपमा बढाएको मूल्यवृद्धिले सर्वसाधारण जनता मारमा परेकोका यो निर्णय तत्काल खारेजको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएको तामाङले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *