व्यंग्य : राजस्वको दर, सुब्बासापको भर – Dcnepal

व्यंग्य : राजस्वको दर, सुब्बासापको भर

जम्माजम्मी चार बर्ष सरकारी जागिर खाएको एकजना सुुब्बासापले थुुपारेको सम्पत्ति मध्ये जम्मा छ करोडको मात्रैे स्रोत खुुल्न नसकेको हुुनाले उसलाई हिरासतमा हुुल्न भनेर मुद्दा पेश गर्नेले उसको पछाडि कोको छन् भन्ने भुुल्न खोज्यो भने त्यस्तालाई पनि कामै नहुने ठाउँतिर डुल्न पर्ने जागिरमा पुर्‍याइ दिने सम्भावना हुुन्छ रे भन्ने हल्लाको पछाडि लाग्न हुँदैन।

चार बर्षको अबधिमै चारचार जना मन्त्रीहरुको पिए भएर ठूलै मात्राको नगद हात पार्ने बाटो समाउने, सुब्बाको चोखो तलबबाट मात्रै करोडौँको अकूत सम्पत्ति कमाउने र त्यसपछि जागिर छोडेर ब्यापारमा रमाउने ज्यादै भाग्यमानी मध्यको एकजना सुुब्बासापको प्रगति देखेर सबैजनाले र्याल चुुहाउनु स्वाभाविक हो। हुनत अलि अघि दक्षिणी छिमेकी सरकार प्रधानसहित बुद्ध जयन्तिको उपलक्षमा लुुम्बिनीमा आयोजित कार्यक्रममा अति धार्मिक भावनाले ओतप्रोत हुँदै बुुद्धत्व कसरी प्राप्त होला भन्ने जिज्ञासा राख्दा छटपटाएर पौडी खेले जसरी यता र उता हात गोडा चाल्ने, बुुद्धको ध्यानमा ज्यादै सकारात्मक सोचाइको कारणले अरु अबुझहरुले हेर्दा निदाए जस्तो देखिने गरि दुबै आँखा बन्द गरेर टाल्ने, आँखा चिम्लिएर ध्यान गर्दै ज्ञान आर्जन गर्न खोज्दा र्याल सिंगान फाल्ने, पाँचपाँच चोटि सरकार प्रधान भइसक्दापनि खाली खानपिनतिर मात्रै कदम चाल्ने र सानोदेखि ठूलोसम्म जुुनसुुकै योजना आयोजना भएपनि माल हातमा परेपछि मात्रै त्यसको लागि सिन्को ढाल्ने काममा लाग्ने गरेर सारै ध्यानी ज्ञानी योग्य र असल सरकार प्रधानको पगरी भिरेर राजनैतिक फसल लटरम्म फलाइ रहेका छन्।

यसरी प्रत्यक्ष अप्रत्यक्ष रुपमा जतासुकै र्‍याल चुुहाउने अति सक्षम सरकार प्रधान भएको ठाउँमा अरुले र्‍याल चुहाए भनेर ख्याल राख्न पर्ने आबश्यकता छैन। छोटो समयमा अकूत कमाउने र मन्त्रीहरु माथि रवाफ जमाउने सुुब्बासापहरुको बाहुल्यता स्वघोषित महान नेताको स्वघोषित महान दलका स्वघोषित महान मन्त्रीहरुको कार्यालयमा बढि देखिन्छ रे भन्ने सुनिन्छ।

राष्ट्रको बजेट बनाउँदा अर्थ मन्त्रालयमा कार्यरत अर्थ र राजस्वका सचिबहरुलाई करको दर घटबढ गरि सच्याएर पेश गर्न निर्देशनात्मक सुुझाव दिने सुुब्बासापको छबि अति बेश पूूर्ब कर्मचारिको भएकोले अर्थ मन्त्रीले झण्डै आफू सरहकै हैसियतमा राखेको हो कि जस्तो देखियो।

उनको सिधा पहुँच राजनैतिक दललाई ठूलो चन्दा दिएर फन्दामा पार्दै मनोनित सांसद सिट हात पारेर कर छलिको धन्दा मजाले चलाएर चोखो ब्यापारबाट बैधानिक तरिकाले नीतिगत भ्रष्टाचारको माध्यम प्रयोग गरेर सामान्य मान्छेले सोच्न सक्ने तहभन्दा धेरै माथिको कमाइ गर्ने नाम चलेका ठूला ब्यापारिहरुसँग रहेको पाइन्छ।

उनीहरुले आयात गर्ने बिद्युतीय गाडी, यहाँ जोडजाड गरेर नयाँ निर्माण गरि बिक्री गर्ने बिभिन्न उपकरणहरु र अन्य ज्यादै फाइदाजनक मालबस्तुुहरुमा ज्यादै थोरै कर लगाउने र उनिहरुका प्रतिष्पर्धीहरुलाई बजारमा टिक्न नसक्ने गरि भगाउने कार्यमा बजेटमै ब्यबस्था मिलाएर कसैले थाहा नपाउने गरि अरबौँको फाइदा उठाउने कार्य यस्तै सुब्बासाबहरुबाट भइरहेको अहिले खुुलेको हुुनाले अर्थमन्त्रीले आफूले सबैको सामुुन्ने शपथ ग्रहणका बुुँदाहरु भुुलेको र बजेट बनाउने जस्तो काममा सचिवहरुको भर नगरि सुुब्बासापहरुको पछिपछि डुलेको साँचो नै हो रे भनेको सुुन्दा सुब्बासापहरुको छाति गर्वले फूलेको हुुन पर्छ।

त्यसमाथि सिएसाप भनिने र गोप्य रुपमा मन्त्रीको दुुनो सोझ्याइदिने कन्सल्ट्यान्टमा गनिने बिदेशी नागरिकको उपस्थितिले त सुुब्बासापको कार्य दक्षता बिदेशीको अगाडिपनि प्रष्ट भएर स्वघोषित महान दलका स्वघोषित महान मन्त्रीहरु कति उच्चस्तरको भ्रष्ट रहेछन् भनेर बिदेशमा समेत ठूलो प्रचार प्रसार हुन पुगेर देशको शिर कति उँचो भयो त्यसको कुुनै लेखाजोखा छैन।

बिपक्षीहरुले संसदमा बजेट बनाउने अन्तिम समयमा भएको क्रियाकलापको अति बिरोध गरेर र तत्काल मन्त्रीको राजीनामा आउन पर्ने स्तरमा झरेर सकेसम्म ठूलो स्वरमा हल्ला गर्दापनि लाज शरम घिन डर केहि नमानि मन्त्रीले लाखार लुखुर खाले टालटुले जवाफ दिएर सबै आरोपहरुलाई पचाए अनि निरिह भएर कुर्सीमा टाँसिइरहेका सरकार प्रधानको बिवशताको फाइदा उठाएर मन्त्री पद बचाए।

यसमा स्वघोषित महान नेतासमेतको नामले प्रख्यात खुुमलटारे कामरेड र सरकार प्रधानसमेत रहेका बुढानिलकण्ठे सभापतिले निकै ठूलो रकममा चरेको हुुनाले केही थाहा नपाएजस्तो गरेको भन्ने कुरा बिपक्षीले लगाएको आरोप मात्रै हो भन्ने हल्लालाई जनताले सजिलै बिश्वास गरेका छन्।

त्यो बेलाको सिसी टिभि फुटेज हेर्न पाउन पर्ने बिपक्षीको नाजायज मागलाई मन्त्री र स्वघोषित महान दलकै बफादार सभामुखले त्यत्तिकै धोती लगाइदिएर हाकाहाकी आफ्नो लागि मोती फलाएको देख्दा जनताले दुबैलाई भित्रि मनबाटै मानेका र यिनीहरु नै असली बहादुर रहेछन् भनेर जानेका छन्।

कुरा ठिकैपनि हो, कुुनै हालतमा त्यो बेलाको सिसी टिभी फुटेज हेर्नपनि दिन्न र सुुब्बासापहरुबाट गराइएको कामको जिम्मापनि लिन्न भन्नु मन्त्रीको अधिकारको कुरा हो। ठूलो आर्थिक लाभको कारणले सरकार प्रधान र स्वघोषित महान नेता दाहिना भएपछि अरुले सिसी टिभी फुटेज मात्रै होइन अरु जेसुुकै हेरेपनि वा देखेपनि कसैले माखो मार्ने र एउटा सानो रौँ सम्म झार्ने क्षमता नराख्ने हुुनाले मन्त्री छाडा राँगो जस्तो भएर जता मन लाग्यो उता कोपर्दै र दोष जति अरुको टाउकोमा थोपर्दै हिँड्दापनि राष्ट्रियदेखि अन्तर्राष्ट्रिय स्तरसम्म अति सफल अर्थ मन्त्रीको रुपमा अझै लामो समयसम्म यथाबत रहनेमा ढुुक्क छन् रे भन्ने सुुन्दा जनता दंग छन्।

बिपक्षीले माग गर्‍याे  भन्दैमा सिसी टिभी फुटेज देखाउँदै हिँड्न थाल्यो भने भोली अरु केके देखाउनुु भन्लान् के मात्रै देखाएर साध्य हुुन्छ? दिनदिनै र छिनछिनै यस्ता महान कार्यहरु गर्ने अर्थ मन्त्रीले केकेको मात्रै सिसी टिभी फुटेज देखाउने र केकेको मात्रै रेकर्ड तोकिएको खबर लेखाउने? भन्ने समस्या पर्छ त्यही भएर त्यो देखाउने काम त कुनैपनि हालतमा गर्नै हुँदैन।

यिनको मन्त्री पद खुुस्किन लाग्यो रे भन्ने हल्ला चल्नासाथ यिनले सरकार प्रधान र आफ्नै दलका अध्यक्ष कोटेश्वरे कामरेडलाई पनि त्यस्तै महान शब्दहरुसहित तर्साउँदै र गाली बर्साउँदै थर्काएपछि अरुकोपनि पद जोगियो रे भन्ने हल्लालाई बिश्वास गरिहाल्ने आधार भने देखिँदैन। अहिले भएका सबै मन्त्रीहरु यही योग्यता दक्षता र क्षमताका भएकाले देशले सारै राम्रो सरकार पाएको जनताको प्रतिक्रिया रहेको छ।

आफ्नो बल पुगेको बेलामा बलियाले जे गरेपनि सहि हुुन्छ भन्ने कुरा धनयुद्धमा देखिएकै हो,बाह्र्र बुुँदेमा देखिएकै हो, संबिधान सभाको चुुनावमा देखिएकै हो, संबिधान बन्दा देखिएकै हो, संबिधान घोषणा हुुँदा देखिएकै हो, त्यसपछिको चुनावमा देखिएकै हो, वायुुले बालकोटेको आयु छिटै समाप्त पारिदिन्छन् र सबैको अपजसको भारिबाट सजिलै तारिदिन्छन् भन्दै लुुरुक्क परेर बालकोटेसँग खुरुक्क बिलय हुन गएकोमा आयु बाँकी भएकोलाई वायुलेपनि केही गर्न सक्दैनन् भनेझैं भएपछि त्यहाँ टिक्न र राजनैतिक बजारमा राम्रो भाउमा बिक्न सकिन्न भन्ने भएपछि यता आएर सरकारमा पुगेको सबैलाई थाहा भएकै कुरा हो।

अहिलेपनि गठबन्धन नगरेको भए पत्तासाफ भएको हेर्न पर्दा जनतालाई धेरै ठूलो धक्का लाग्न जाने पक्का नै थियो। ठूलो लेनदेनको कारणले सफल भएको परमादेशको कृपा प्राप्त भएकोले अहिले जे गरेपनि नियमित र न्याय सम्मत नै देखिन्छ।

यिनको मात्रै तारिफ गर्दा अरु होनहार मन्त्रीहरुलाई अन्याय हुुन जान्छ। यसो हेर्दा कुुनैपनि मन्त्रीहरु अर्कोभन्दा कमका छैनन्। त्यसमापनि ज्यादै लोकप्रिय र जनप्रिय पर्यटन मन्त्रीको नाम सबैभन्दा अग्रपंक्तिमा भएको र उनी जनताको पक्षमा पूर्ण रुपमा गएको देखिन्छ। मन्त्री हुुनासाथ उनले स्थान बिशेषमै पुगेर ठेकेदार, कर्मचारी, बिचौलिया, बिरोधीहरु आदिलाई थर्काएको र उनीहरु बिरुद्ध मुद्दा चर्काएको देख्दा र सुुन्दा जनता खुसी नहुने कुरै आएन।

अझ उनको आमा चकारी गालीको भाषामा दखल देख्दा सबै मन्त्रीहरु यही खुबीको कारणले मन्त्री भएका रहेछन् भनेर बुुझ्न ढिला गर्न हुुँदैन। उनले एउटा निरिह नागरिकलाई,आफ्नो माग बमोजिम रकम नबुझाउने ठेकेदारलाई, आफ्नो इच्छा र ठाडो आदेश अनुसार कार्यकर्ता भर्ना नगर्ने हाकिम आदिलाई मा…मुु…सहितका अति सुुन्दर शब्दहरु प्रयोग गरेर गरेको गाली सुन्दा मन्त्रीहरुले सार्बजनिक मेडियामा समेत छरपष्ट भएका बोलीमा सारै राम्रो भाषामा बोलेकोमा सबैले सन्तोष मान्न पर्छ। यत्तिकैमा मन्त्रीको राजीनामा माग्ने र उनको बिरोधमा जाग्ने बुद्धिहिनहरु देख्दा जनतालाई हाँसो लाग्नु ठिकै हो। त्यत्रो रकम खर्च गरेर भेट्टाएको मन्त्री पद लिनेलेपनि र दिनेलेपनि यतिकै भरमा खुस्काउन हुँदै हुुँदैन।

यिनको मन्त्री पद खुस्किन लाग्यो रे भन्ने हल्ला चल्नासाथ यिनले सरकार प्रधान र आफ्नै दलका अध्यक्ष कोटेश्वरे कामरेडलाई पनि त्यस्तै महान शब्दहरुसहित तर्साउँदै र गाली बर्साउँदै थर्काएपछि अरुकोपनि पद जोगियो रे भन्ने हल्लालाई बिश्वास गरिहाल्ने आधार भने देखिँदैन। अहिले भएका सबै मन्त्रीहरु यही योग्यता दक्षता र क्षमताका भएकाले देशले सारै राम्रो सरकार पाएको जनताको प्रतिक्रिया रहेको छ।

अति दक्ष सुुब्बासापको प्रसंगमा अरु कुरा जोडिन र कुरा अन्तै मोडिन पुुगेछ। ति छ करोड सम्पत्तिको स्रोत देखाउन नसक्ने सुब्बासापपनि स्वघोषित महान दलका चारजना मन्त्रीहरुको पिए बसेका र त्यही छोटो अबधिमा कमाएको अकुत रकमको श्रोत देखाउन नसकेर फसेका रहेछन्।

यसो हेर्दा मन्त्री समाउने एउटा पिएले त्यति छोटो अबधिमा त्यत्रो कमाउने र बाँकी अबधि पूरै रमाउने गर्न सक्छ भने मन्त्री र त्योभन्दा माथिका ब्यक्तित्वहरुको हालत केकस्तो होला भनेर शंका निकाल्नेहरुलाई के भन्न सकिन्छ र? तर त्यस्ताको कुरा सुुनेर अनेक खाले तर्कना बुनेर र के हो कसो हो भन्दै मनमा गुुनेर हिँड्नुभन्दा आफ्नो कान थुनेर अर्को चुनावमापनि उहाँहरुलाई नै मतदान गरि चुनेर ल्याउनुमै जनताको बुद्धिमानी ठहरिन्छ।

अलिअलि छ्याकन खाएर अकुत सम्पत्तिको मुुद्दा खेप्ने सुब्बासापहरुलाई भ्रष्टाचारी भनेर हेप्ने काम गर्नै हुुँदैन। केही समय अगाडि देखि अख्तियारले सुब्बासाप खर्दारसापहरुलाई पक्राउ गरेर मुद्दा लगाएको कारण त अहिले पो सबैले बुझ्न पाए त। माथिकालाई समातौँ भने कति खाएको र कति पाएको भन्ने कुुनै प्रमाण हुुँदैन।

त्यसमाथि सबैजना आफ्नै अन्नदाताहरु नै पर्ने भएकोले उहाँहरुको मौलिक अधिकार हर्ने काम गर्नै भएन। त्यही भएर सानातिनालाई मात्रै दुख दिन्छन् र ठूलो काम गरेको जश लिन्छन् भनेको त कुरा सही नै रहेछ। पिपलको जरा काँशी पुगेको हुन्छ भनेझैं सुब्बासापहरुको पहुँच र प्रभाव कहाँकहाँसम्म पुगेको हुन्छ भन्ने कसैलाई थाहा नभएपनि अख्तियारलाई चाहिँ राम्ररी थाहा रहेछ।

यस्ता सबै दुलोहरुको बारेमा थाहा पाएका,जागिर सुुरु गरेदेखि थोर बहुुत जति सकिन्छ त्यो खाँदै आएका र अवसरका लागि सबैकहाँ मजाले धाएकाहरु नै अख्तियारमा पुग्ने हुनाले कसलाई समाउँदा दाम कमाइन्छ र कसलाई छोड्दा रवाफ जमाइन्छ भन्ने सबै कुरामा पोख्त भएकाहरुलाई सिकाइ राख्न पर्दैन।

सानै तहका भएपनि मन्त्रीका पिए भएर छोटै समयमा मजाले लुट्ने सुब्बासापहरुलाई अख्तियारको पन्जाबाट छुट्ने मन्त्रपनि राम्ररी थाहा भएको हुुनाले यो नाटकद्वारा केही समयको लागि जनताको दिमाग भुुट्ने काम गरेपछि उनीहरुको ढुकुटीमापनि नगदको मुल फुट्ने ब्यबस्था भइहाल्छ। त्यसपछि बिशेष नामक अदालतको प्राँगणबाट बिशेष तरिकाले छुटेपछि उही ब्यक्ति फेरि बिशेष हुनेमा कुनै शंका नगर्दा राम्रो।

अदालतको कुरा आउँदा र त्यहाँको बिषयमा थाहा पाउँदा मानिसहरुले जिब्रो टोक्न र दिमागमा ठूलो भार बोक्न छोडिसके। अहिले भर्खरै बारका एकजना ठूलै पदाधिकारी बिद्वान वकिल र जिल्ला न्यायमूूर्ति बीच सहकारीको ठूलो मुुद्दा खेपेका र पहिले बचतकर्ताहरुलाई निकै हेपेका ब्यक्तिलाई धरौटीमा छुटाउने बिषयमा करोडौँ लुटाउने योजनासहितको छलफलको अडियो रेकर्ड निकै भाइरल भएकोमा छानबिन हुन्छ रे भन्ने सुुन्दा जनतापनि हाँसेका छन्।

अहिले कता के नमिलेर मात्रै यो कुरा बाहिर आएको हो नत्र सबै तहका अदालतहरुमा मुुद्दा, झगडिया, लेनदेनको स्तर, बिचौलियाको पहुुँच आदिलाई बिचार गरेर मिनेट मिनेटमा बार्गेनिङ भइरहेको र यसैगरि यो चलन शानदार तरिकाले गइरहेको कुरा सबैतिर छताछुुल्ल भएकै छ।

यसमा छानबिनको नाटक मन्चन गरेर अदालतका मान्छेहरु कन्चन छन् भन्न खोज्नु पुरै कुहिएको आलुको बोरामा कोही आलुु सद्दे रहेर बाहिर चुुहिएको छ कि भनेर शिला खोज्नु जस्तै हो भन्ने सबैलाई थाहा भएपनि केही गरे जस्तो गरेर लाजगालबाट बच्ने प्रयास गरेको राम्रै हो।

प्रधान न्यायमूर्तिदेखि अरु न्यायमूर्ति र बिद्वान वकिलहरुको बोली, ब्यबहार, चरित्र, नैतिकता, लोभानी पापानीको स्तर हेर्दा यो भन्दा सडेगलेको र लाज शरम घिन सबै पचाएर चलेको ठाउँ अन्यत्र छँदै छैन भन्ने मुर्खहरुको कुरा पत्याएर कुनै काम छैन। यहाँनिर चाहिँ सुब्बासापहरुको प्रयोग भएको नदेखिनु अलि राम्रो होइन।

बर्षभरि खाने अन्नबाली लगाउने समयमा कहिलेपनि मल नपाउने किसानहरुलाई जग्गा बाँझो राख्यो भने एकलाखसम्म जरिवाना गर्ने सरकारी ब्यबस्था सारै राम्रो हो भन्न सकिन्छ। बिउ सिंचाइ मल केहीपनि समयमा दिन नसकेपनि आफ्नै बलबुतामा मनग्गे अन्न फलाएर टन्न खान नसक्नेलाई किसान भन्ने कुरै आएन।

सबैथोक प्रतिकुल भएको बेलामा अन्न फलाएर देखाउने पो सही किसान हो त। मलको लागि सरकारको मुख ताक्ने मान्छे मल कुुर्दाकुुर्दै थाक्ने र सरकारका मन्त्रीले चाहिँ मल नै नल्याइकन खल्तीमा कमिशन जाक्ने काम भइरहेको सुनेर जनता त त्यसै खुसी छँदै छन् अब किसानहरुपनि खुसी भएका छन्।

रुँदा, कराउँदा, चिच्याउँदा, बिरोध गर्दा, गुनासो गर्दा, अनुरोध गर्दा वा जेसुुकै गर्दापनि मल नपाएपछि किसानले के गर्नु? सरकार प्रधानलाई कुुनै मतलब छैन, सम्बन्धित मन्त्रीलाई कुनै मतलब छैन र मल उपलब्ध गराउन भनेर सरकारले जागिर दिएर राखेको निकायका पदाधिकारीहरुलाई कुनै मतलब छैन भनेपछि किसानको समस्या कसले सुन्ने कसले बुझ्ने भन्ने नै प्रष्ट नभएको अबस्थामा सबै भ्रष्ट छन् भनेर भन्नपनि भएन।

यति ठूला मान्छेहरुलाई मलको जिम्मा दिनुभन्दा दुइचार जना सुुब्बासापहरुलाई यो काम जिम्मा लगाउने हो भने उनीहरुले सरकार प्रधान, सम्बन्धित मन्त्री र अन्य पदाधिकारीहरु समेतलाई हात लागि हुने सबैथोकको ब्यबस्था मिलाएर समयमै मल ल्याएर छ्यालब्याल् बनाइदिने कुरामा कुुनै शंका छैन।

सरकारले ल्याउन नसकेको मल बरु तस्करहरुले निर्बाध रुपमा ल्याएर किसानहरुको सेवा पुुर्याइरहेकामा किसानहरु खुुसी छन्। यसो हेर्दा त सरकारभन्दा तस्करहरु पो जन पक्षिय रहेछन् भनेर सोच्नु ठिकै होला जस्तो देखिन्छ। तलदेखि माथिसम्म सबैलाई कमिशनको भाग पुर्‍याएर किसानको माग पूरा गर्न कोशिस गर्नु तस्करहरुको महान कार्य नै हो।

त्यसैगरि शैक्षिक सत्र शुुरु भएको महिनौँसम्म पनि पाठ्य पुुस्तक उपलब्ध गराउन नसक्ने र यो हाम्रो कमजोरी हो भनेर नबक्ने सरकार प्रधान,सम्बन्धित मन्त्री,मन्त्रालय देखि पाठ्य पुस्तक छाप्ने जिम्मा पाएका र त्यही कामको नाममा बर्षौँदेखि अकुत खाएका महान ब्यक्तित्वहरुलाई कसैको केही भन्नु छैन होला।

पढाइ सकिने बेलासम्म किताबको अनुुहार नदेखेको बिद्यार्थीको पढाइको स्तर कति राम्रो होला भनेर भनिराख्न पर्ने कुरा भएन। किताब नै नभइ पास भएर कक्षा चढेका र चाहिनेभन्दा नचाहिने बिषयहरु पढेका बिद्यार्थीहरु राजनीतिमा लागेर अहिलेका नेताहरुभन्दापनि खतरा राजनीतिज्ञ बन्ने पक्का छ।

भबिष्यमा आफ्नो फोहरि बिरासत धान्ने र अहिलेका नेताहरुलाई मान्ने पुुस्ता छिटै सकिने भए भनेर यो रणनैतिक चाल चलेको हो कि भन्ने बुुद्धिजिबीहरुलाई मान्नै पर्छ। आफूले पाएको जिम्मेवारि अनुसार केही काम नगरेपनि लाजै नमानी कमिशन खाएर बसेका पदाधिकारीहरुलाई यसैगरि खान र शैक्षिक क्षेत्र अलपत्र भएर जान दिनपर्छ।

यसबाट हाम्रो शैक्षिक ब्यबस्था र अबस्थाको बारेमा सँसारभरि कति राम्रो नाम चलेर देशको नाम उँचो भएको छ भन्ने सबैले राम्ररी बुझे हुुन्छ। यहाँपनि सरकारका त्यत्रा जिम्मेवार ब्यक्तिहरुलाई भन्दा केहि सुुब्बासापहरुलाई जिम्मा लगाउने हो भने सबैको भाग पुुर्याएर केही हप्तामा सबैको हातहातमा पुुस्तक पुर्‍याउने ग्यारेन्टी भइसक्नेमा कुुनै शंका छैन।

सबैतिर सुब्बासापहरुकै योग्यता दक्षता र क्षमताको आधारमा मन्त्रीहरुको समेत गुुजारा चल्ने र सबैथोक फल्ने देखिएको हुुनाले राजस्वको दर निर्धारण गर्ने काममा सचिबहरुलाई पन्छाएर सुब्बासापको ज्यादै भरपर्दो प्रयोग गरेर मन्त्रीले जागिरको साथै धेरै चिज पकाएको देख्दा सबैभन्दा ठूला त सुब्बासाप पो रहेछन् भनेर बुझ्न पर्छ भन्ने सबैको भनाइ छ।

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो