युवतीले आफ्नो जिब्रो काटेर देवी मातालाई चढाइन्, मन्दिरमै बेहोस

डिसी नेपाल
११ असार २०७९ ११:५३

काठमाडौं । मध्य प्रदेशको सिधी जिल्लामा एक युवतीले आफ्नो जिब्रो काटेर देवी मातालाई अर्पण गरेको अन्धविश्वासको घटना बाहिर आएको छ । घटना अमिलिया थाना क्षेत्रको बरागाउँ गाउँको हो। यो कुराको जानकारी पाउनासाथ सबैजना मन्दिर पुगे । युवती अचेत अवस्थामा थिइन् । तर उनलाई कसैले अस्पताल पुर्याएनन् । बरु त्यहाँ पूजाको चहलपहल चलिरह्यो ।

खबर पाएलगत्तै सामुदायिक स्वास्थ्य केन्द्रका चिकित्सकसहित प्रहरी पनि मन्दिर पुगेका थिए । युवतीको चेकअप भयो । उनलाई अस्पताल लैजाने कुरा उठेपछि मन्दिरमा उपस्थित मानिसले विरोध गरे । युवतीको जिब्रो फर्केर नआएसम्म मन्दिरमा पूजा जारी रहने उनीहरूले बताएका थिए ।

तर प्रहरी र परिवारका सदस्यको सहयोगमा युवतीलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ उनको उपचार भइरहेको छ । युवतीको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । पुलिसका अनुसार घटना बिहीबार बिहान ११ बजेको हो ।

युवतीको परिवारलाई उनले यस्तो केही गर्न सक्छिन् भन्ने कुराको अनुमान समेत थिएन । युवतीका बुबा लालमणि पटेलले आफू घरमा नभएको, कुनै जरुरी काममा बाहिर गएको बताए । उनलाई कसैले फोनमा यसबारे जानकारी गरायो । मन्दिर पुग्दा छोरी मन्दिरमा बेहोस अवस्थामा सुतेको देखे । जबकि उनको जिब्रो पनि त्यहीँ थियो ।

गाउँ पञ्चायत बरागाउँका सरपंचका प्रतिनिधि सोनेलाल कोलले बताएअनुसार युवतीले आफ्नो आस्थाका आधारमा आफ्नो जिब्रो काटेर झ्यालबाहिरैबाट देवीको चरणमा फालेकी थिइन् । उनले भने ‘सूचना पाएलगत्तै हामी मन्दिर परिसरमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लियौँ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *