राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउँछौँः अध्यक्ष थापा

डिसी नेपाल
११ असार २०७९ २२:२५

सुदूरपश्चिम । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउने निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउने दाबी गरेका छन्।

आज धनगढीमा आयोजित राप्रपा नेपालको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले आगामी संसदीय निर्वाचनमा पार्टीका पक्षमा कम्तीमा तीन प्रतिशत समानुपातिक मत पुर्‍याएर राष्ट्रिय पार्टी बनाउने योजना रहेको बताए । पार्टीलाई स्थापित गर्न नेता कार्यकर्तामा धैर्यता, मेहनत र दृढसाहसको जरुरत भएको बताउँदै थापाले भने, ‘‘पार्टीलाई अग्रणी शक्ति बनाउने र नेपाललाई हिन्दूराष्ट्र बनाएर मात्र राजनीतिबाट विश्राम लिने आफ्नो चाहना छ ।’’ यसैबीच राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी धनगढीका ललित जोशीलाई दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *