भरतपुर विमानस्थलको टावरनजिकै आगलागी

चितवन। भरतपुर विमानस्थलको टावरनजिकै आगलागी भएको छ। आगलागी भएको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएका छन्।
आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए।
उहाँका अनुसार बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो। बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ । आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना