लोकदोहोरी गायिका दिलमाया मृत भेटिइन्
काठमाडौं। लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृता फेला परेकी छन्। सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ।
काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उहाँ शनिबार बिहान मृत भेटिएकी हुन्। उहाँन घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन। श्रीमान्सँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन्।
गायिका दिलमायाले शुक्रबार राति आफूलाई बाँच्न गाह्रो भएको भन्दै फेसबुकमा स्टाटस लेखेकी थिइन्। सुनार लाइभ दोहोरी गायनमा बढी सक्रिय थिइन्। उनी केही महिना अघि सम्पन्न राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट गायिका घोषित भएकी थिइन्।
उनका एक छोरा छन्। जो सुर्खेतमै बस्दै आएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र एक जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment