कतारका शेखबाट १ मिलियन युरोसहितको सुटकेस स्वीकारेपछि विवादमा चार्ल्स

डिसी नेपाल
१२ असार २०७९ १३:२७

लन्डन। युवराज चाल्र्सले कतारी अर्बपति शेखबाट आफ्नो परोपकार संस्थाका लागि १ मिलियन युरो नगद भरिएको सुटकेस स्वीकारको दाबीसहितका विवरण सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्। चाल्र्सले कतारका पूर्वप्रधानमन्त्री शेख हमाद बिन जसिम बिन जाबेर अल थानीबाट प्रिन्स अफ वेल्स च्यारिटी फाउन्डेसनका लागि २०११ र २०१५ बीचको अवधिमा ३ मिलियन युरो प्राप्त गरेको जनाइएको छ।

शेखले सन् २०१५ मा क्लेरेन्स हाउसमा एक निजी बैठकमा चाल्र्सलाई  व्यक्तिगत रूपमा १ मिलियन यूरो नगद हस्तान्तरण गरेको बताइएको थियो।

विवरणअनुसार सो रकम युवराजले तत्कालै सहयोगीहरूलाई हस्तान्तरण गरेका थिए। सहयोगीले सो रकम पूर्णरूपमा परोपकारमा हस्तान्तरण गर्ने व्यवस्था गरेका थिए।

अर्को अवसरमा कतारी शेखले बेलायती सिंहासनका उत्तराधिकारीलाई ८ लाख २० हजार पाउन्ड बराबको रकम दिएकोसमेत जनाइएको छ। विवादास्पद शेखले प्रधानमन्त्री हुँदा आफ्नो कार्यकालमा कतारले अल कायदाको सिरियाली शाखालाई आर्थिक सहयोग गरेको स्वीकार गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *