सरकारी टेलिभिजनले नै कारबाट तेल चोर्ने तरिका बताएपछि

डिसी नेपाल
१२ असार २०७९ १३:३२

काठमाडौं । ग्रीसमा इन्धनको मूल्य आकाशिएको छ । मुलुकभर इन्धनको चरम अभाव भएको छ । यस्तो अवस्थामा ग्रीसको सरकारी टेलिभिजनले कारबाट तेल चोर्ने तरिका बताइरहेको छ ।

ग्रीसको सरकारी टिभी ईआरटी, सिन्डेसिसको एउटा कार्यक्रममा मानिसहरूलाई कारबाट कसरी तेल चोर्ने भनेर बताइयो। कार्यक्रमको प्रशारणपछि सामाजिक सञ्जालमा मानिसहरुले ट्वीट गर्दै च्यानलको आलोचना गरेका छन् ।

यस टिभी कार्यक्रमको क्रममा रिपोर्टर कोस्टास स्टामाउले तेल चोर्ने तरिका बताउदै भने, यो त्यति गाह्रो पनि छैन । यसका लागि तपाईलाई कुनै विशेष प्रकारको ट्यूब पनि आवश्यक पर्दैन। यसको लागि, केवल एक नली आवश्यक छ, ताकि कारबाट तेल निकाल्न सकियोस् ।

यसका लागि शोको क्रममा स्टुडियोमा कार मर्मत गर्नेलाई बोलाइएको थियो। कार मर्मत गर्नेले गाडीको इन्धन ट्याङ्कीमा प्वाल पारेर तेल कुन ठाउँमा चोर्ने भनेर दर्शकलाई बताए । यसरी कारबाट तेल चोर्ने दुई तरिका शोका क्रममा बताइयो ।

यो कार्यक्रम प्रशारण भएपछि अहिले मानिसहरूले च्यानललाई लक्षित गर्दै चोरीलाई बढावा दिएको भन्दै आलोचना गरेका छन् । एकजनाले ट्विट गर्दै भने, के तपाईहरूको दिमाग ठिक छ ? के तपाई कारबाट तेल चोर्ने तरिका बताउनुहुन्छ?’

अर्का एक व्यक्तिले भने, ‘गाडीबाट तेल चोर्ने दुईवटा तरिका खुलासा गरेपछि अब ईआरटीले पनि ताला कसरी खोल्ने र जनताको पर्सबाट पैसा कसरी चोर्ने भनेर बुझाउने तयारी गरिरहेको छ ?’

हालैका महिनाहरूमा ग्रीसमा इन्धनको मूल्य अत्याधिक बढेको छ। इन्धनको मूल्य अहिले एथेन्समा प्रति लिटर २.३७ युरो र रोड्स र नजिकैका टापुहरूमा प्रतिलिटर २.५० युरो छ।

सरकारले मुलुकमा इन्धनको मूल्यवृद्धिको भार कम गर्न ३० देखि ५० युरोसम्म अनुदान दिने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *