हनिमुन मनाउन गएका थिए युवक, होटलमा अचानक मिया खलिफा आएपछि…

डिसी नेपाल
१२ असार २०७९ १५:०१

काठमाडौं । पेरिसमा एक व्यक्ति आफ्नो हनिमुन मनाउन गएका थिए। यस क्रममा उनको होटलको लबीमा मिया खलिफासँग जम्काभेट भयो । त्यसपछि ती व्यक्ति यतिसम्म उत्साहित भए कि अन्ततः उनले आफ्नी श्रीमतीलाई मनाउन बर्किन ह्यान्डब्याग किनिदिनु पर्यो। जसको मूल्य १० लाख रुपैयाँदेखि सुरु हुन्छ ।

मिया खलिफाले यस घटनाको बारेमा ट्वीट गरेकी छिन् । मियाले जुन १३ मा ट्वीटरमा भिडियोको स्क्रिनसट सेयर गरेकी थिइन् । मियाले ट्वीटमा लेखेकी छन्, ‘इन्फ्लुएन्सर पेरिसमा जुन १३ मा म जहाँ थिए त्यही होटलमा बसेकी थिइन् । डिनरको समयमा मलाई देखेर ऊ उत्साहित भयो। त्यसपछि उसले उनको (पत्नी) को लागि बर्किनको ब्याग ल्याइदिए ।

मिया खलिफाले सेयर गरेको भिडियोमा तीन जना उभिएको देखिन्छ । भिडियोमा एउटी महिला आफ्नो श्रीमानलाई चिच्याएकी देखिन्छिन् । यसपछि उसले आफ्नी श्रीमतीलाई बर्किनको झोला दिन्छन् । यस क्रममा मिया खलिफा पनि नजिकै उभिएकी देखिन्छिन् । ट्वीटरमा यो भिडियो ६ लाखभन्दा बढीले हेरिसकेका छन् ।

भिडियो हेरेपछि प्रयोगकर्ताले हास्यास्पद कमेन्ट पनि गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखे, गलत युवतीलाई झोला दिए । त्यही क्रममा एक व्यक्तिले लेखे, के यो सब गजबको तरिकाले भयो ? त्यही क्रममा अर्का एक व्यक्तिले लेखे, उनले आफ्नी श्रीमतीका लागि पूरै स्टोर किन्नुपर्‍यो ।

मिया खलिफा पनि सामाजिक सञ्जालमा निकै चर्चित छिन् । ट्विटरमा उनका ४५ लाखभन्दा बढी फलोअर्स छन् । युट्युबमा उनका करिब ९ लाख सब्सक्राइबर छन् । योसँगै उनको इन्स्टाग्राममा २ करोड ७५ लाख फलोअर्स छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *