बाँदरले धारिलो हतियार बोकेर हिँड्न थालेपछि पूरै शहर आतंकित !

डिसी नेपाल
१२ असार २०७९ १५:३२

काठमाडौं । ‘बाँदरको हातमा छुरा पर्नु हुदैन’ यो पुरानो भनाइ हो। जसको अर्थ ‘मूर्खको हातमा शक्ति नआओस्, अन्यथा उसले दुरुपयोग गर्छ’ भन्ने हो । तर यो भनाइ एक हिसाबले सत्य साबित भयो, जब ब्राजिलमा बाँदरको हातमा ठूलो चक्कु आयो । जसका कारण नगरवासी त्रसित भए ।

ब्राजिलको पिउई राज्यको कोरेन्टेमा यो घटना भएको हो । जहाँ ठूलो राष्ट्रिय निकुञ्ज छ। बाँदरको हातमा चक्कु रहेको फुटेज पनि सार्वजनिक भएको छ । फुटेजमा बाँदर एक सपिङ सेन्टरको बालकनीमा देखिन्छ । फुटेजमा बाँदरले चक्कु लिएर बाटो हिड्ने मानिसलाई तर्साउन खोजेको देखिन्छ । यसपछि उसले भित्तामा चक्कु रगडेको देखिन्छ । जसलाई देखेर मानिसहरु आत्तिएका छन् ।

डेलीस्टारका अनुसार यो भिडियो स्थानीय नागरिक अलेसेन्ड्रो गुएराले रेकर्ड गरेका हुन् । यो बाँदरले एक सातादेखि सहरमा आतंक मच्चाएको उनले बताए । बाँदरले चक्कु प्रहार गरी धेरैको छानामा क्षति पुर्याएको छ । बाँदर खतरनाक देखिन्छ, तर भाग्यको कुरा यसले अहिलेसम्म कसैलाई हानि पुर्‍याएको छैन। एलेसेन्ड्रोले प्रहरीलाई पनि बोलाएको बताए । यसका अलावा अन्य अधिकारीहरूलाई पनि यस विषयमा जानकारी गराइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *