पाकिस्तानी सेना प्रमुख जनरल बाजवालाई साउदीको ‘अर्डर अफ किंग अब्दुल अजिज’ सम्मान

डिसी नेपाल
१२ असार २०७९ १६:२५

काठमाडौं । साउदी युवराज मोहम्मद बिन सलमानले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवालाई अर्डर अफ किंग अब्दुल अजिज अवार्ड प्रदान गरेका छन् ।

साउदी समाचार एजेन्सी ‘वाज अल-अखबर अल-मालिकी’का अनुसार क्राउन प्रिन्स मोहम्मद बिन सलमानले साउदी अरेबिया र पाकिस्तानबीचको सम्बन्ध सुधार र सुदृढ पार्ने महत्वपूर्ण प्रयासका लागि जनरल बाजवाको प्रशंसा गरेका छन्।

जनरल बाजवा शनिबार साउदी अरबको भ्रमणमा गएका छन् । यो सम्मान सन् १९७१ मा स्थापित भएको हो ।

यो सम्मान साउदी अरेबियासँगै देशमा महत्वपूर्ण योगदान पुर्‍याएबापत विदेशी नागरिकलाई पनि दिइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *