काजलकलीको मृत्यु

डिसी नेपाल
१३ असार २०७९ ११:५४

चितवन। अत्याधिक अशक्र भएर चल्न नसक्ने अवस्थामा रहेकी हात्री काजलकलीको निधन भएको छ । काजलकलीको आइतबार अपरान्ह पौने ४ बजेको समयमा मृत्यु भएको डो । दुई पटकसम्म भारत बेचिन लागेर सिमानाबाट फिर्ता ल्याइएकी काजलकली हात्तीको अवस्था पछिल्लो समय बेवारिसे थियो ।

हात्ती पाँच महिनादेखि बिरामी थियो । २० वर्ष पर्यटक बोकेको काजलकली पछिल्लो हप्तादेखि केही खान नसक्ने भएको थियो। करिब ७० वर्ष पुगेको बिरामी काजलकलीको समयमा नै उपचार नहुँदा उसले मृत्यु कुर्नुको विकल्प थिएन । लामो समय पर्यटक बोकेर सौराहाको पर्यटन विकासमा योगदान दिएको हात्ती उपचार अभाव मरेको हो ।

छ महिनाअगाडि उक्त हात्तीलाई भारत बेच्न लागिएको थियो । पहिलो पटकको प्रयास सफल नभएपछि एकै महिनामा दोस्रो पटक भारत लगिँदै गर्दा पुनः सिमानाबाट फिर्ता ल्याइएको हो। मृत्युपछि काजलकलीलाई अन्तिम सास लिएकै ठाउँमा गाडिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *