महामारीले धरासायी बनाएको पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउँछुः पर्यटनमन्त्री श्रेष्ठ

डिसी नेपाल
१३ असार २०७९ १५:५९

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्रालयमा आज पदवहालीका क्रममा उनले महामारीले धरासायी बनाएको यस क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा ल्याउन आवश्यक रहेको बताए ।

मन्त्रालयका कार्य प्राज्ञिक, धार्मिक र संस्कृतिका साथै वैदेशिक पर्यटनसँग पनि जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, “यस मन्त्रालयमा राष्ट्रिय गौरबका विभिन्न योजना छन्, तिनलाई समयमै सम्पन्न गराउनुपर्छ ।”

उनले आफूसँग छोटो समय रहेको र त्यस अवधिमा मन्त्रालयका कार्यविधि, ऐन तथा नियमको परिधिमा रहेर धेरै काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि मन्त्रालयका कर्मचारीले मन्त्री श्रेष्ठको स्वागत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *