भारतले बनायो पानी छ्यापेर बम डिस्पोज गर्ने रोबोट !

डिसी नेपाल
१३ असार २०७९ १६:२४

काठमाडौं । भारतसँग यस्तो स्वदेशी रोबोट छ जसले बम स्क्वाडमा काम गर्ने, आफ्नो ज्यान जोखिममा राखेर बम खोज्ने र तिनीहरूलाई निष्क्रिय पार्ने जवानहरूको जीवन बचाउनेछ। साँघुरो ठाउँमा बम फेला पार्न र निष्क्रिय पार्न निकै कठिन हुन्छ । त्यसैले यो रोबोट बनाइएको हो । यसको नाम मिनी दक्ष हो।

मिनी दक्ष रोबोटको विशेषता भनेको विमान, बस, रेलभित्र गएर बम फेला पार्ने, बाहिर ल्याउने वा बम स्क्वाडलाई दिनेछ वा यसले आफैं बमलाई निष्क्रिय पार्नेछ। यसलाई रिमोट स्क्रिन मार्फत १०० मिटर टाढाबाट सञ्चालन गर्न सकिन्छ। अर्थात् यो रोबोटले कुनै पनि मानवीय हस्तक्षेप बिना नै यी सबै काम गर्न सक्छ । यसले केहि समय लिन्छ तर सुरक्षा पूर्ण छ।

मिनी दक्षको तौल १०० किलो छ। यसले २५ किलोग्रामसम्म तौल उठाउन सक्छ। यसको आर्म लम्बाइमा २.५ मिटरसम्म फैलिन सक्छ। साँघुरो ठाउँमा जान सक्छ। यसको अगाडि एक क्लचर, एक एक्स-रे क्यामेरा, एक वाटर जेट डिसरप्टर गन छ। क्लचरले सामान समात्छ। उसलाई बाहिर लैजान्छ। त्यसपछि एक्स-रे मार्फत विष्फोटक पदार्थको जाँच गरिन्छ। त्यसपछि बमलाई वाटर जेट डिसप्टर गनले निष्क्रिय पारिन्छ।

भारतीय एयरपोर्ट अथोरिटी (एएआई), नेशनल सेक्युरिटी गार्ड (एनएसजी) र जम्मू कश्मीर पुलिसद्वारा मिनी दक्षको माग गरिएको छ। यो रोबोट गुरुग्रामस्थित द हाइटेक रोबोटिक्स सिस्टम्स लिमिटेडले भारतीय रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) सँगको सहकार्यमा बनाएको हो।

एएआईले बनाउने कम्पनीसँग १८ वटा मिनी दक्ष रोबोटको माग गरेको छ । एनएसजीले १० रोबोट मागेको छ । जम्मू कश्मीर पुलिसले पाँच मिनी दक्ष रोबोटहरू अर्डर गरेको छ। यी सबै रोबोटलाई सहरी र सीमावर्ती क्षेत्रमा तैनाथ गरिनेछ । ताकि अनुसन्धान वा विस्फोटक पदार्थ निष्क्रिय पार्ने क्रममा कुनै पनि बम स्क्वाडका कर्मचारीलाई हानी नहोस्।

मिनी दक्षले ४० डिग्रीको कोणमा जुनसुकै ठाउँमा चढ्न सक्छ। यो समतल सतह वा सिँढीहरूमा पनि चढ्न सक्छ। यसको गति २ किलोमिटर प्रतिघण्टा छ । हाइटेक रोबोटिक्स सिस्टम्सका अधिकारीहरूले भने कि यो रोबोट रक्षाको संसारमा एकदम नयाँ उत्पादन हो। यसले सैनिकहरूको जीवन बचाउन सजिलो बनाउनेछ। साथै, विस्फोटक पदार्थको कारण कुनै क्षति हुनेछैन।

मिनी दक्ष रोबोट एनएसजीले प्रयोग गरिरहेको दक्ष रोबोटको सानो संस्करण हो। दक्ष रोबोट भारी छ। यसको वजन ५०० किलो छ। जबकि मिनी दक्ष मात्र १०० केजीको छ । दक्षको सफलता देखेर मिनी दक्ष बनाउन माग भएको थियो । त्यसैले डोआरडिओ र द हाइटेक रोबोटिक्स सिस्टम्स लिमिटेडले मिलेर यसलाई बनाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *