चितवनमा छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या – Dcnepal

चितवनमा छोराद्वारा धारिलो हतियार प्रहार गरी आमाको हत्या

सांकेतीक तस्वीर


चितवन । माडी नगरपालिका–६ मा छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् । स्याउलीबास निवासी ३६ वर्षीय अर्जुन तामाङले आज दिउँसो ५५ वर्षीया आमा मायादेवी तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

छोरा अर्जुनले आफ्नै मकैबारीमा धारिलो हतियार प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक रबिन विष्टले जानकारी दिए । उनका अनुसार मकैबारीमा काम गरिरहेको समयमा अर्जुनले पछाडिबाट धारिलो हतियार प्रहार गरेका हुन् । छोरा अर्जुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान सुरु गरिएको उनले जानकारी दिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो