ट्वीटलाई लिएर मोदीका प्रखर आलोचक पक्राउ

डिसी नेपाल
१४ असार २०७९ १०:१३

नयाँ दिल्ली। भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रखर आलोचक तथा फ्याक्ट–चेकिङ वेबसाइटका सह–संस्थापकलाई प्रहरीले पक्राउ गरेको छ। अल्ट न्यूजका मोहम्मद जुबैर पक्राउ परेका हुन्। उनलाई ट्विटरमा धार्मिक विश्वासको अपमान गरेको आरोप लगाइएको भारतीय मिडिया संगठनहरूको नेटवर्कले जनाएको छ।

उनको पक्राउकाे विपक्षी नेता र कार्यकर्ताहरूले निन्दा गरेका छन्। जुबैरले हालै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ताले एक टेलिभिजन बहसको क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको टिप्पणीलाई ‘हाइलाइट’ गरेका थिए।

उनको ट्वीट चौतर्फी सेयर गरिएको थियो । धेरै मुस्लिम देशहरूले भारतसँग कडा विरोध जनाएका थिए। पछिल्ला सातामा हिन्दू राष्ट्रवादीहरूले जुबैरले गरेका विगतका टिप्पणीहरूमा सरकारको ध्यानाकर्षण गरेका छन् र आफूहरूको धार्मिक भावनामा चोट पुर्‍याएको अभियोगमा कारबाही गर्न सरकार समक्ष मागसमेत गरेका छन्।

सन् २०१८ मा एउटा विवादास्पद ट्वीट गरेपछि जुबैर पक्राउ परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *