रुसले २४ वर्षमा पहिलो पटक समयमै विदेशी ऋण तिर्न सकेन

डिसी नेपाल
१४ असार २०७९ ११:१९
3.8k
Shares

काठमाडौं । सन् १९९८ पछि पहिलो पटक रुसको बारेमा यो भनिएको छ कि उसले विदेशी ऋण तिर्न नसकेर डिफल्ट गरेको छ । रुसले १० करोड डलर तिर्नुपर्ने थियो र यसको म्याद आइतबार सकिँदै थियो।

तर पश्चिमा मुलुकको प्रतिबन्धका कारण रुसले अन्तर्राष्ट्रिय ऋणदातालाई समयमै यो ऋण तिर्न सकेन । यो डिफल्टलाई टार्न रुसले यसमा धेरै जोड दिएको थियो। यो डिफल्टले रूसको वित्तीय विश्वसनीयतालाई चोट पुर्याउने विश्वास गरिन्छ।

मस्कोस्थित कन्सल्टेन्सी फर्म म्याक्रो एडभाइजरीका प्रमुख कार्यकारी क्रिस वेफरले रुसलाई अन्तर्राष्ट्रिय रूपमा पैसा उठाउन आवश्यक नरहेको बताउँछन् किनकि तेल, ग्यास जस्ता महँगो वस्तु निकासीबाट मनग्गे आम्दानी भइरहेको छ ।

तर क्रिस वेफरले युक्रेनको स्थितिमा सुधार नआए र अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउन नसके रुसलाई दूरगामी प्रभाव पर्न सक्ने पनि बताउँछन्। उनी भन्छन् कि यसले रिकभरी अझ गाह्रो बनाउन सक्छ।

रुसले मे २७ मा १० करोड डलर ब्याज तिर्नुपर्ने थियो । रुसले यो पैसा युरोक्लियर नामको बैंकमा पठाएको थियो र त्यहाँबाट यो रकम लगानीकर्तालाई बुझाउने तय गरिएको थियो ।

ब्लूमबर्ग न्यूजका अनुसार यो पैसा युरोक्लियरसँग अड्किएको छ र यो ऋणदाताहरूलाई भुक्तानी गरिएको छैन।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार रूसी ऋणपत्र किनेका गर्ने केही ताइवानी लगानीकर्ताहरूले पनि ब्याज भुक्तानी पाएका छैनन्। उनीहरूले युरोमा रुसी बन्डहरू किनेका थिए।

यो रकम तोकिएको मितिको ३० दिनभित्र पनि लगानीकर्तासम्म पुग्न सकेको छैन । आइतबार साँझ यसको म्याद समाप्त भयो र यस कारणले यसलाई रूसको डिफल्ट रूपमा हेरिएको छ।

युरोक्लियर भन्छ कि ऊ प्रतिबन्धहरूको पालना गर्न बाध्य छ। रुसले युक्रेनमा गरेको आक्रमणपछि पश्चिमी देशहरूले यी प्रतिबन्धहरू लगाएका थिए।

अर्कोतर्फ रुसले भने आफ्नो तर्फबाट कुनै त्रुटि नभएको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मे महिनामा नै आफ्नो तर्फबाट भुक्तानी गरिएको र युरोक्लियरले प्रतिबन्धका कारण भुक्तानी रोकेको र प्रतिबन्धहरू हाम्रो समस्या नभएको स्पष्ट पारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *