सपिङ मलमा मिसाइल आक्रमण, अहिलेसम्म १८ जनाको मृत्यु
काठमाडौं । युक्रेनको क्रेमेन्चकमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल आक्रमणमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । पोल्टाभाका सैन्य प्रमुख दिमित्री लुनिनले २८ जुनमा टेलिग्राममा सन्देश जारी गर्दै यो जानकारी दिएका हुन् ।
जुन २७ मा पोल्टाभा क्षेत्रको क्रेमेन्चकमा रहेको एउटा सपिङ मलमा रुसी मिसाइल प्रहार भएको थियो । उद्धारकर्मीहरूले रातभर उद्धार कार्य जारी राखेका थिए। युक्रेन एयर फोर्स कमाण्डले एक फेसबुक पोस्टमा भने कि आक्रमण रूसी टीयु-२२ एम ३ बमवर्षकहरूले गरेको थियो।
आक्रमणको समयमा यो सपिङ मल वरपर सयौं मानिस उपस्थित रहेको दाबी गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणको समयमा भवनमा १ हजार मानिस रहेको दाबी गरेका छन् । जेलेन्स्कीले शपिङ मलमा रुसको मिसाइल आक्रमणले यसलाई “विश्वको सबैभन्दा ठूलो आतंकवादी संगठन” बनाएको बताए।
जर्मनीमा भइरहेको शिखर सम्मेलनका क्रममा जी–७ देशले आक्रमणलाई ‘युद्ध अपराध’ भनेका छन् । जी–७ देशहरुको यो बैठकमा रुस–युक्रेन युद्धलाई छलफलका महत्वपूर्ण विषयहरुमा समावेश गरिएको थियो ।







डिसी नेपाल







Facebook Comment