नदीमा फाल हानी बेपत्ता भएकी महिलाको शव फेला

डिसी नेपाल
१४ असार २०७९ २१:५५
316
Shares

धनगढी । कैलालीमा केही दिनअघि नदीमा फाल हानी बेपत्ता भएकी एक महिलाको शव आज फेला परेको छ । भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीमा फाल हानी बेपत्ता भएकी सोही ठाउँका जयराम डगौराकी ४० वर्षीया श्रीमती रिमा डगौराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

डगौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा फेला परेको बताइएको छ । निजको शव परीक्षणका लागि टीकापुर अस्पाताल कैलालीमा पठाई थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *