विश्वविद्यालयबाट निस्काशन गरेको झोंकमा प्राध्यापकको हत्या

डिसी नेपाल
१५ असार २०७९ १०:०४
184
Shares

बग्दाद। इराककको उत्तरी इरबिल प्रान्तमा विश्वविद्यालयका दुई प्राध्यापकहरुलाई एक पूर्वविद्यार्थीले हत्या गरेका छन्। विश्वविद्यालयबाट हटाइएका ती विद्यार्थीले गोली चलाएर गुरुहरूको हत्या गरेकाे उक्त प्रान्तका गर्भनरले बताएका छन्।

पीडितमध्ये एक जना डीन रहेको बताइएको छ। डीनको शरिरका विभिन्न पाँच स्थानमा गोली लागेको छ। पीडितसँगै ती विद्यार्थीले इन्जिनियरिङका अर्का प्राध्यापकलाई पनि गोली हानेका थिए।

आक्रमणकारी सोरन युनिभर्सिटीका पूर्वविद्यार्थी हुन्। उनलाई केही समयअघि विश्वविद्यालयबाट निस्काशन गरिएको थियो । इराकमा पछिल्ला वर्षहरूमा धेरै सशस्त्र आक्रमणहरू भएका छन्। केही महिनाअघि इराकी प्रधानमन्त्री मुस्तफा अल काधिमीमाथि ड्रोन हमला भएको थियो।

अमेरिकाले प्रधानमन्त्री काधिमीमाथि भएको ड्रोन आक्रमणलाई ‘आतंकवादको स्पष्ट कार्य’ भनेको थियो। बगदादको ग्रीन जोनमा रहेको प्रधानमन्त्रीको उच्च सुरक्षा निवासमा आक्रमण भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *