राष्ट्रिय धान दिवस : कृषि मन्त्री यादवले मेसिनबाट धान रोपे (फोटोफिचर)
काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन्।
राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन्।

सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए। १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन्।




No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment