झुक्किएर २८६ महिनाको तलब एकैपटक खातामा आयो, फिर्ता गर्ने आश्वासन दिएर कर्मचारी फरार !

डिसी नेपाल
१५ असार २०७९ १२:२१

काठमाडौं । यदि तपाईले एकै चोटि २८६ महिनाको तलब पाउनुभयो भने तपाई के गर्नुहुन्छ? यद्यपि यो प्रश्न अनौठो छ, किनकी यस्तो हुने सम्भावना निकै कम छ तर पनि यस्तो घटना बाहिर आएको छ ।

यो घटना चिलीको हो, जहाँ एक कम्पनीले गल्तीले आफ्ना एक कर्मचारीको खातामा एकैपटक २८६ महिनाको तलब पठाएको थियो । यो धेरै पुरानो कुरा पनि होइन, गत महिनाको तलबमा मात्रै यस्तो भएको हो ।

रमाइलो कुरा यो हो कि कर्मचारीले पहिले कम्पनीलाई पैसा फिर्ता गर्ने वाचा गरे तर पछि उनी बेपत्ता भए । कम्पनीले यो गल्ती थाहा पाएपछि कर्मचारीलाई सम्पर्क गर्यो । कर्मचारीले कम्पनीलाई आफूले जति अतिरिक्त पैसा पाए पनि फिर्ता गर्ने बताए । तर, कर्मचारीले आफ्नो प्रतिबद्धता पूरा गर्न सकेनन् । उनले कम्पनीमा एक वकिलमार्फत राजीनामा पठाएर पैसा लिएर टाप कसे । एकै पटक यति धेरै पैसा पाएपछि लोभबाट बच्ने कुरा सबैको वशमा छैन।

रिपोर्टका अनुसार यो घटना कन्सोर्सियो इन्डस्ट्रियल डे एलिमेन्टोस (सीआइएएल) कम्पनीको हो। यो चिलीमा सबै भन्दा ठूलो कम्पनीहरुमध्ये एक मानिन्छ। मे महिनामा कम्पनीले गल्तीले कर्मचारीलाई १६.५४ करोड पेसो अर्थात् करिब २ करोड ३० लाख रुपैयाँ तलब पठायो । खासमा कम्पनीले उनलाई ५ लाख पेसो अर्थात ६९ हजार रुपैयाँ पठाएको थियो । कम्पनीको व्यवस्थापनले अभिलेख जाँच गर्दा यो गल्ती पत्ता लाग्यो ।

गल्ती थाहा पाएपछि कम्पनीको व्यवस्थापनले ती कर्मचारीसँग कुरा गरेको थियो । गल्तीले एकैपटक २८६ महिनाको तलब पठाएको कम्पनीले जनाएको छ । त्यसपछि कर्मचारी बैंक गएर थप रकम फिर्ता गर्ने कुरा गरे । तर, यो हुन सकेको छैन । कम्पनीले कुर्दै थियो तर पैसाको सट्टा कर्मचारीको राजीनामा पायो । पहिले कर्मचारी हराए र कम्पनीले उनलाई सम्पर्क गर्ने प्रयास गरिरह्यो । केही दिनपछि सम्पर्क भएपछि उनी फेरि बैंक गएर पैसा फिर्ता गर्ने कुरा गरे । त्यसपछि उनले जून २ मा कम्पनीमा राजीनामा पठाएका थिए ।

पछिल्लो समाचार अनुसार अब कम्पनीले यस विषयमा कानुनी कदम चाल्ने निर्णय गरेको छ । पैसा फिर्ता हुने कुर्दै गर्दा कम्पनी बाध्य भयो । पछिल्लो रिपोर्ट अनुसार सम्बन्धित कर्मचारी बेपत्ता छन्। कम्पनीले यसअघि नै आफ्नो पैसा फिर्ता गर्न सरकारी अधिकारीसँग सम्पर्क गरिसकेको छ । कम्पनीले उक्त कर्मचारीलाई कानुनी कारबाही गर्ने बाटो अपनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *