डब्लुडब्लुइकी चर्चित एंकरले भनिन् ‘म बलात्कारको उत्पादन हुँ
काठमाडौं । चर्चित महिला एंकरले आफूलाई ‘बलात्कारको उत्पादन’ भनेकी छन् । कायला ब्रेक्सटनले खुलासा गरेकी छिन् कि उनकी आमालाई अज्ञात व्यक्तिले यौन दुर्व्यवहार गरेको थियो, त्यसपछि आमा गर्भवती भइन् र उनी जन्मिइन्।
अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकार खारेज गरेपछि महिलाको यो बयान आएको हो । ३१ वर्षीय ब्रेक्सटन डब्लुडब्लुइकी चर्चित एंकर हुन्। उनले हालै एक ट्वीटमा आफूलाई ‘बलात्कारको उत्पादन’ भनेकी छिन् । ब्रेक्सटनले अमेरिकामा गर्भपतनमा प्रतिबन्धको विरोध गरेकी छिन् ।
डब्लिडब्लुइ एंकरले आफ्नो ट्विटमा लेखेकी छिन्, ‘म बलात्कारको उत्पादन हुँ । मेरी आमा एक अपरिचित व्यक्तिद्वारा बलात्कृत हुनुभयो। आजसम्म मलाई मेरो जैविक पिता को हो थाहा छैन। मेरी आमाले मलाई जन्म दिने विकल्प रोज्नु भयो किनभने यो उहाँको इच्छा थियो। कानूनले उहाँलाई त्यसो गर्न बाध्य बनाएकोले होइन।’
I’ll also add – I am a product of rape. My mother was raped by a stranger – to this day, neither of us have any clue who my birth dad is. She chose to have me – clearly – but she did so because she CHOSE to. Not because a law told her she HAD to. It should always be our choice.
— Kayla Braxton (@KaylaBraxtonWWE) June 25, 2022
कायला ब्रेक्सटन भन्छिन् कि बच्चा जन्माउने वा नजन्माउने महिलाको अधिकार हो। कानून बनाएर कुनै नियम थोपर्नु हुँदैन । बच्चा जन्माउनु महिलाको स्वास्थ्य र जीवनसँग सम्बन्धित विषय हो। ब्रेक्सटनले भनिन् – ‘हाम्रो आफ्नै रोजाइ हुनुपर्छ।’
उल्लेखनीय कुरा के छ भने अमेरिकी सर्वोच्च अदालतले त्यहाँ गर्भपतन गर्ने ५० वर्ष पुरानो संवैधानिक अधिकार खारेज गरेको छ । अदालतले कानुनी रूपमा गर्भपतनलाई अनुमति दिने कानुन परिवर्तन गरेको छ, त्यसपछि अमेरिकामा महिलाहरूलाई गर्भपतन गर्न गाह्रो भइरहेको छ। अदालतको यो फैसलाविरुद्ध देशका विभिन्न सहरमा विरोध प्रदर्शन भइरहेका छन् ।







डिसी नेपाल







Facebook Comment