दैलेखमा राष्ट्रिय धान दिवसको रौनक (फोटो फिचर)

डिसी नेपाल
१५ असार २०७९ २१:०३

सुर्खेत । बुधबार असार १५ अर्थात् १९औँ राष्ट्रिय धान दिवस । धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नारासहित देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।

दैलेखमा पनि सबै जसो स्थानीय तहहरूले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेका छन् । जिल्लाको नारायण नगरपालिका, आठबीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका लगायतका स्थानीय तहले आआफ्नो पालिकामा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरी मनाएका छन् ।

यस्तै महाबु गाउँपालिका, भैरवी गाउँपालिका लगायतका गाउँपालिकाहरूले समेत आआफ्नो पालिकामा दिवस मनाएका छन् ।

यता जिल्ला कृषि विकास कार्यालयले पनि नारायण नगरपालिका वडा नम्बर ४ मा कार्यक्रम आयोजना गरेको थियो । धान बालीमा जैविक विविधताको उपयोग स् आयात प्रतिस्थापनमा सहयोग भन्ने नारा सहित आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसद रवीन्द्रराज शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल लगायतको सहभागिता थियो ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *