सौराहामा हात्तीलाई वनभोज – Dcnepal

सौराहामा हात्तीलाई वनभोज

चितवन। चितवनको सौराहामा उचित आहारा र औषधि उपचारको अभाबमा काजलकली नामकी हात्तीले प्राण त्यागेकी एक हप्ता पनि पुग्न नपाउदै बिहिबार सौराहामै हात्तीलाई खुवाउने कार्यक्रम भएको छ।

काजलकलीले प्राण त्याग्नु अघि हात्तीलाई आवस्यक पर्ने उचित आहारा र औषधि उपचारका लागि कसैको ध्यान गएको थिएन । अचम्म लाग्ने कुरा त के छ भने बिहिबार आयोजना गरिएको हात्तीलाइ वनभोज खुवाउने कार्यक्रममा बागमती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ। बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ हात्ती लाइ वनभोज खुवाउने कार्यक्रममा सहभागी थिए ।

पर्यटनको विकासको लागि हात्ती अभिन्न अंगको रुपमा स्थापित भइसकेको भन्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री पर्यटन प्रर्बद्धन गर्नकै लागि हात्ती वनभोज कार्यक्रम आयोजना गरिएको भन्दै भाषण पनि गरे।काजलकली नामकी हात्ती धेरै अघि देखि नै बिरामी भएर उचित आहारा र औषधि उपचार खोजिरहेको बेला भने बागमती प्रदेश सरकार चुपचाप थियो। काजलकली सौराहामा मालिक बिहिन भै कसैको सहारा खोजिरहेको बेला हात्ती बचाउने कुरामा प्रदेश सरकार नै मौन बस्यो।

काजलकलीलाई करिब पाँच वर्षअघि भारतबाट नेपाल ल्याइएको थियो। सौराहामा पर्यटकको चाप हुँदा काजलकलीलाई जंगल सफारीका लागि सौराहा ल्याइएको थियो। गत भदौमा साहु मधुकर रेग्मीले उसलाई भारतीयलाई बेचिदिए पछि काजलकली पुनः भारततर्फ जाँदै गर्दा बाटैमा समितिएकी थिई ।

वन्यजन्तुको खरिद-बिक्री गर्न नपाइने अन्तर्राष्ट्रिय महासन्धीमा टेकेर सर्वोच्च अदालतमा परेको रिट र अदालतले दिएको आदेशले काजलकली भारत जाने बाटो बन्द भएका कारण ऊ पुन सौराहानै फर्केकी थिई । साहु मधुकर रेग्मीले हात्ती आफ्नो होइन भने संगै पर्यटन व्यवसायी श्रीलाल परियारको हात्तीसारमा बस्दै आएकी थिई।

सौराहामा फर्केर आइएसके पछि मालिक बिहिन बनेकी काजलकलीलाइ सहारा चाहिएको बेला बागमती प्रदेश सरकार मौन रह्यो। हात्ती बिरामी भएर अन्तिम समय कुरिरहेको बेला हात्तीको अवस्थाबारे बुझ्न र हात्ती बचाउन प्रदेश सरकारले कुनै मतलब गरेन।

बिहिबार हात्ती वनभोज कार्यक्रममा सहभागी हुन आउन सक्ने बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ काजलकली सौराहामा पौष्टिक आहार र औषधि उपचारको अभाब भएको बेला अनुपस्थित थिए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो