प्रधानमन्त्री फेरि मन्त्रिपरिषद पुनर्गठनको तयारीमा

मदन कोइराला
१७ असार २०७९ ११:०३

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसको अर्को शक्ति लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई चुनावी सरकारमा सहभागी गराउन फेरि मन्त्रिपरिषद पुनर्गठनको तयारी गरेका छन्।

जसपाभित्रको विवाद र एकीकृत समाजवादीको संभावित विभाजनलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सरकारको बहुमत नगुमाउन लोसपालाई सरकारमा सहभागी गराउन लागेका हुन्।

बालुवाटार निकट स्रोतका अनुसार लोसपालाई दुई वटा मन्त्रालय दिएर चुनावी सरकारमा सहभागी गराउने तयारी भएको हो। समय र सन्दर्भले साथ दिएमा अर्को साता मन्त्रिपरिषद पुनर्गठन हुने बालुवाटार निकट स्रोतले जनायो।

स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले बहुमत अल्पमतमा नपरी चुनावी सरकारमा मात्रै सहभागी हुने बताएपछि चुनाव घोषणापछि सरकारमा सहभागी हुने वा सरकारमा सहभागी भएर चुनाव घोषणा गर्ने भन्ने टुंगो लाग्न बाँकी छ।

जसपाभित्रको विवाद र एकीकृत समाजवादीको संभावित विभाजनलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सरकारको बहुमत  कायम राख्न लोसपालाई सरकारमा सहभागी गराउन लागेका हुन्।

सरकारमा सहभागी जसपा विभाजनको संघारमा पुगेको छ। एकीकृत समाजवादीभित्र पनि सरकारबाट बाहिरिएका मन्त्रीहरु असन्तुष्ट भएका कारण संभावित बिजमानलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले दुई वटा मन्त्रालय दिएर लोसपलाई चुनावी सरकारमा सहभागी गराउने तयारी गरेका हुन्।

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए र एकीकृत समाजवादी विभाजित बने सरकार अल्पमतमा पर्ने भन्दै सरकार बलियो बनाउन देउवाले लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका हुन्। प्रधानमन्त्री देउवा सोमबार एकीकृत समाजवादीका मन्त्रीलाई हेरफेर गर्दै मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।

बालुवाटार निकट स्रोतका अनुसार लोसपालाई सरकारमा सहभागी गराउँदा कांग्रेसका केही मन्त्री थपघट गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्री देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई हटाएर सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।

अर्थमन्त्री शर्माले ‘मनपरी’ गरेको भन्दै उनको विकल्प खोज्न प्रधानमन्त्रीमाथि दबाव परेको छ। सो विषयमा प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुरा पनि गरेका छन्। प्रधानमन्त्री देउवाले माओवादीलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।

प्रधानमन्त्री देउवाले सञ्चारमन्त्रीको जिम्मेवारी पुष्पा भुसाललाई दिने तयारी गरेको बालुवाटार निकट स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *