व्यंग्य : गोहीको आँसु – Dcnepal

व्यंग्य : गोहीको आँसु

बिभिन्न पदहरुको लिलाम बढाबढमा बिक्री गरेर मान अपमानको मात्रै फिक्री भएको सुनाउँदै सबैलाई वाक्क बनाएको भएपनि मपनि ठूलै नेता हुँ भनेर आफैं ठाउँठाउँमा प्वाक्क बोलेर हिँड्ने कोटेश्वरे कामरेडले बालकोटे कामरेडको दल छोडेर नयाँ दल दर्ता गर्दा हर्ताकर्ता भएका कामरेडहरुलाई राम्रै लेनदेनमा मन्त्री बनाएको हो रे भन्ने हल्ला उतिबेलै चलेको सुनिएको थियो।

उहाँहरुले आफ्नो योग्यताको कारणले योग्य भएर क्षमताको आधारमा पाउने गरि कुुरा छिनेको भनेर प्राप्त भएको मन्त्री पद त अध्यक्षलाई चित्त बुुझ्दो रकम बुझाएर छ महिनाको लागि किनेको पो रहेछ भन्ने नचाहिँदो हल्ला फैलिएको रहेछ।

यस्ता हल्ला चलाउने र यस्तै कामहरु मार्फत त्यत्रो स्वघोषित नैतिकवान नेतालाई गलाउने प्रयास गर्नुुलाई जनताले राम्रो मान्न सक्ने कुुरै भएन। बालकोटे कामरेडको दलमा बसेर अनेक प्रयास गर्दा, मन फुकाएर खर्च गर्न अघि सर्दा, सबैले देख्ने र चाल पाउने गरि नैतिक अनैतिक सबै खाले कामहरु गर्न लागि पर्दा र मन्त्री पद पड्काउन पाइन्छ भनेर तल्लो स्तरसम्म झर्दा पनि मन्त्री बन्न नपाएपछि उनको जयजयकार गर्दै बसेर केही काम भएन।

यसै मेसोमा निश्चित रकम बुुझाएपछि दलमा पदाधिकारी हुुनपनि पाइने र राम्रै कमाइ हुुने मन्त्री पद पनि खाइने आशाले कोटेश्वरे कामरेडको दलमा आएर शान सौकत र फूर्तिफार्तिसाथ मन्त्री पद पड्काएर बसेका मन्त्रीहरुलाई अचानक निकाल्ने काम गर्नुु राम्रो होइन भन्ने जनताको भनाइ रहेकै हो।

पुरानो दलमा रहँदा मन्त्री बन्न अनेक खाले तरिका अपनाउँदा पनि नपत्याएपछि बरु सकेको खर्च गरेर भएपनि यता आएर झण्डा हल्लाउने इच्छा त पूरा भयो तर सोचे अनुुसारको अबधि बिताउने र अलि बढी कमाएर आउँदो संसदीय चुनावमा जित्न चिताउने कर्म गर्न चाहिँ भ्याइएन कि क्या हो भन्ने उहाँहरुको कुरापनि सुनि दिएको भए कस्को के बिग्रन्थ्यो र?

पुरानो दलबाट बल्लबल्ल चोइटाएर ल्याएका र अध्यक्ष मात्रै होइन आफूहरुपनि त्योभन्दा ठूलो नैतिकवान हौँ भनेर भन्न भ्याएका उच्च दक्षताका नेताहरुलाई एउटा जाबो मन्त्री पद त के नै हो र?

सबैतिर जुत्ता खियाउने र मिलेसम्म सबैकहाँ चियाउने गर्दापनि मन्त्री पद नजोगिने देखेपछि राजीनामा दिने र बिदा लिने काम गर्नै पर्‍याे। मन्त्रालय छोड्दा सबैजसोले पत्रकार सम्मेलन गरेर आफूले ज्यादै राम्रो काम गरेकोमा आफैंले आफ्नो सक्दो तारिफ गर्दै आफ्ना लागि मन्त्री पद खासै ठूलो चिज नभएको र आफू कहिलेपनि यसको पछिपछि नगएको प्रष्ट पारे।

उता मन्त्री खान र सरकारमा जान अनि त्यहाँँबाट कुुम्लो पारेर नगद लान नपाएपछि बौद्धिक, लोकप्रिय र अलि बढी क्षमता भएजस्ता नेताहरु नभएपछि खोजे अनुुसारको मौका पाएर जतासुुकै चौका हानिन्छ भन्ने सोचले लौका जत्रो नाक पारेर हामी मन्त्री भएपछि त रामराज्य नै ल्याउँछौँ भन्दै धाक लगाएर म्यादी सरकारमा मन्त्री खाएका रहेछन्।

अरुलाई नैतिकताको पाठ सुनाएर नथाक्ने र धेरै नै मान खोजेपनि कसैले मान नगर्ने दलका अध्यक्ष कोटेश्वरे कामरेडलाई आर्थिकलगायत सबैखाले सहयोग गर्ने माननीयहरुको ज्यादै ठूलो खडेरी परेको बेलामा घर घडेरी नबेची मन्त्री पद किन्न सक्ने कामरेडहरुलाई चिन्न त्यति गाह्रो परेन।

पुरानो दललाई लात हानेर हो कि उताबाट लात खाएर हो नयाँ दल दर्ता गर्न जाँदा अध्यक्ष भाग्लान् कि भनेजसरी पाखुुरामा समातेर घिच्याउँदै र अब मन्त्री पद कतै नजा भनेजसरी चिच्याउँदै गएकी नेतृलाई त्यही आडभरोसाको लागि शहरी बिकास मन्त्री पदको एक भाग लागिहाल्यो। पुुरानोमा वन मन्त्री खाएर ढाडिएका र उता भनेजस्तो मौका नपाउने देखेर बालकोटे कामरेडसित टाढिएका मन्त्रीले आफ्नो वजन अनुसारको नगद अध्यक्षलाई भोजन गराएर पर्यटन मन्त्री पड्काइहाले।

यसो जिउडाल हेर्दैमा खाने काम बाहेक अरु काममा फिटिक्कै श्रम नगर्ने जस्ता देखिने माननीयले पनि आफ्नो आदरणीय बालकोटे कामरेडलाई चटक्क छोडेर यताको श्रम मन्त्री खाँदा उतातिरकाको मन कति कटक्क भयो होला।

अर्का नाम नै बिरोध भएका माननीयले त नाम अनुुसारको काम गरेको र सबैथोक बिर्सेर जसरी भएपनि मन्त्री पद खान अघि सरेकोमा कसैले आश्चर्य मानेका थिएनन्। दल दर्ता गर्नै पर्‍याे । कार्यालय स्थापना गर्नै पर्यो। ठूलै आशा गरेर पछिपछि आएकाहरुलाई चारो फालेर र बल्छि हालेर दलमा अल्झाउनै पर्‍याे।

त्यसको लागि लाज घिन शरम र इज्जतको डर त्रास केही नमानिकन सबैतिरबाट उठ्तीपुठ्ती गर्नै पर्‍याे। पहिलो लट्को छ महिनाको लागि भएको मन्त्री पदको लिलाम बढाबढमा बोल कबोल अनुसार पद बितरण गरेर र यति भएपछि दललाई टिकाउन सकिन्छ भन्नेमा ढुुक्क परेर बढी नगद बुुझाउन सक्ने बहादुुरहरुलाई मन्त्री पद सुुम्पिनै पर्‍याे।

अपमान सहनै नसक्ने अध्यक्षले बढी नगद बुुझाउनेहरुको अपमान गर्नै भएन। मन्त्री भएपछिपनि आफूले बुुझाएकोभन्दा बढी उठाएर दलका अध्यक्ष र अरु बरिष्ठहरुको मुुखमापनि बुुजो लगाउनै र आउँदो चुनावको लागि माहौल जगाउनै पर्‍याे। भनेपछि यस्ता मन्त्रीहरुबाट देश र जनताले के पाए होलान् र जनताको नाममा सपथ लिएर यिनीहरुले कति खाए होलान् भनेर दिमागलाई नचाहिँदो भार दिने मुर्खहरुको कुुरा सुन्नु बेकार छ।

कोही सडकमा ढुुँगा हान्ने काममा पोख्त, कोही वन तस्करीमा माहिर, कोही सांसद समेतलाई अपहरण गर्न पछि नपर्ने, कोही फाइदा हुन्छ भने जसलाई जे गर्नपनि पछि नहट्ने अद्भूत क्षमता भएका हुनाले मन्त्री पदको लागि उहाँहरु भन्दा योग्य अरु कोही हुने सवालै उठ्दैन।

यिनीहरु मन्त्री भएपछि आआफ्नो बिशेषता अनुसारका कामहरुमा दत्तचित्त दिएर र जनताको हित्तचित्त हुुने काममा लागि हाले। मन्त्रालयमा बसेर नीति तर्जुमा गर्नुभन्दा फिल्डमै उत्रेर कोही सडक पेटी खाली गराउने, कोही ठेकेदारहरुले निर्माण गरेका संरचनाहरु भत्काउँदै हिँड्ने, कोही सामान्य मान्छेले सुन्नपनि गाह्रो पर्ने खालका अश्लिल गाली बक्न माहिर, कोही बैदेशिक रोजगार ब्यबसायीहरुका कार्यालयहरुमा अनुुगमन र निरीक्षण गर्दै अनि धम्काएर तर्साएर मोटो रकममा चर्दै हिँडेको पाइयो रे भन्ने हल्लामा जनताले चाहिँ पटक्कै बिश्वास गरेका छैनन्।

मन्त्रालयमा बसेर ठूलो र फराकिलो सोच र दृष्टिकोण राखेर काम गर्नुभन्दा हाटहटे, टाकटुके, डाँगडुँगे, बाँगबुँगे र टपरटुइँया खालको क्षमता प्रदर्शन गरेकोमा अनि ज्यादै सक्षम ब्यक्तिहरु मन्त्री पदको लागि छनोटमा परेकोमा दलको अध्यक्ष,अरु बरिष्ठ नेताहरु र जिम्मेवार समितिहरुप्रति सबैजना कृतज्ञ भएको पाइयो। म अरु जस्तो नेता नभएर ज्यादै क्षमतावान नेता हुुँ भनेर अध्यक्षले बेलाबेलामा सम्झाइरहन पर्नुको कारणपनि यसबाट छर्लङ भएकै छ।

माग अनुुसारको रकम दिनपनि नसक्ने र अध्यक्षलाई रिझाएर मन्त्री पद लिनपनि नसक्ने हुतिहाराहरुले दलभित्र जति मुर्मुरिएपनि त्यसको खासै अर्थ नहुुने त सबैलाई थाहा भएकै कुुरा हो। पुुरानो दलमा बसेर मन्त्री पद नपाउने ग्यारेन्टी भएरै यता आएको र सबैथरिको ब्यबस्था मिलाएर मन्त्री पद खाएको अनि यसबाट मनग्गे फाइदा पाएको सबैले बुुझेकै छन्।

यिनीहरुको दलमा मात्रै होइन गठबन्धन हो कि ठगबन्धनका सबै दलहरुबाट यस्तै काबिल र सक्षम ब्यक्तिहरु यही प्रकृयाबाट छनोट भएर मन्त्री भएका हुनाले पुुरै मन्त्री मण्डलको बनोट एउटै किसिमको भएकोमा कसैलाई कुनै किसिमको शंका छैन।

सरकार प्रधान एकाघरका सदस्यहरु समेत प्रयोग गरेर र आफ्नो तहभन्दा निकै तल झरेर भएपनि भेटेसम्म कमाउने, मन्त्रीहरु ढंग बेढंगका हुुने नहुुने क्रियाकलाप देखाउँदै नगदमा रमाउने अनि गठबन्धनका अरु अध्यक्षहरु चाहिँ सबैतिर मुुख गाडेर लाजै नमानि हैकम जमाउने गरेको देख्दा यिनीहरु आफ्नै छायाँ देखेरसमेत आफैं तर्सेजस्तो देख्दा गठबन्धन भनेपनि एकअर्कासित पूरै अविश्वासका साथ सँगसँगै हिँडेको प्रष्ट देखिन्छ।

देश र जनताको लागि गठबन्धन अहिलेको निर्बिकल्प आवश्यकता हो भनेर मुुखले जति फलाकेपनि यो गठबन्धन उनिहरुको स्वार्थपूर्तिको अपरिहार्य आबश्यकता हो भन्ने जनताले बुुझेका छैनन् जस्तो देखिन्छ। यसो हेर्दा त्यस्तो देखिए पनि जनताले कुरा राम्ररी बुुझेका छन् र आउँदो संसदीय चुुनावमा त्यस्को नतिजा राम्ररी देखाउँछन् अनि यो कुरा इतिहासमा राम्ररी लेखाउँछन् भन्न सकिने अबस्था रहेको बिश्वास गर्न सकिन्छ।

अपमान सहनै नसक्ने अध्यक्षले बढी नगद बुुझाउनेहरुको अपमान गर्नै भएन। मन्त्री भएपछिपनि आफूले बुझाएकोभन्दा बढी उठाएर दलका अध्यक्ष र अरु बरिष्ठहरुको मुुखमापनि बुजो लगाउनै र आउँदो चुनावको लागि माहौल जगाउनै पर्‍याे। भनेपछि यस्ता मन्त्रीहरुबाट देश र जनताले के पाए होलान् र जनताको नाममा सपथ लिएर यिनीहरुले कति खाए होलान् भनेर दिमागलाई नचाहिँदो भार दिने मुर्खहरुको कुरा सुन्नु बेकार छ।

गठबन्धनका शिर्ष, बरिष्ठ, सम्मानित आदि जेजे नाम दिएपनि र मौखिक रुपमा जेजे पगरि लिएपनि उनीहरुको औकातको बारेमा कसैले कसैलाई बताइराख्न र धेरै ठूला कुुरा गरेर तताइराख्न वा सधैं यसै गरि चल्छ भनेर जनतालाई सताइराख्न ठिक होला जस्तो चाहिँ देखिन्न।

पहिलेकै कबुुल अनुुसार छ महिने म्यादी मन्त्रीहरुले स्थानीय चुुनावको कारणले दुुई तीन महिना बढी पद खाने अबसर पाएपछि दलभित्र अरुलाई पनि मौका दिन पर्ने र दलले उनिहरुबाट पनि फाइदा लिन पर्ने कारणले अध्यक्षले सचिवालयको बैठकबाट पुरानालाई फिर्ता गरेर घुस खाने बिर्ता सरहको मन्त्री पद नयाँलाई सुम्पिने निर्णय भएपछि खुबै रमाइलो भयो।

पहिले त संसदबाट बजेट पारित भएपछि छाड्ने कुुरा आएको ठिकैपनि होला। त्यसपछि मन्त्रीहरुले दलमा भएका झण्डै दुुई दर्जन सांसदहरुबाट डेढ दर्जन जतिलाई जुुटाउने र दल नै फुटाउने अनि यस मार्फत सरकार ढल्ने डर देखाएर गठबन्धनका अध्यक्षहरुको पसिना छुुटाउने तरिका अबलम्बन गरेर सबैलाई तर्साउँदै र गठबन्धनको कमजोरिमा डण्डा बर्साउँदै मन्त्री पद गुुमाउने हल्लालाई नै ठण्डा बनाइ दिए।

आफूहरुसित चाहिए जति नगद भएकोले जतापनि जान सक्ने र जुुन दलमा गएर भएपनि मन्त्री पद किनेर खान सक्ने घुुर्कीले सबैलाई अपठ्यारोमा पार्यो रे भन्ने पनि सुुनिएकै हो। यिनीहरुले अध्यक्षको निवासमै पुगेर आफूलाई मन्त्री पदबाट हटाउने हो भने आफ्नो लागि अध्यक्ष मरेतुुल्य भयो भन्नपनि भ्याए र मन्त्री पद छोड्नै नसक्ने नयाँ घुर्की धम्कीको तरिकापनि ल्याए।

राष्ट्र प्रधान, सरकार प्रधान, स्वघोषित महान नेता भनेर प्रख्यात खुुमलटारे कामरेड, गठबन्धनका अन्य शिर्षहरु सबैलाई भेट्ने र कुुराले अध्यक्षलाई सबै ठाउँमा रेट्ने काम खुुब भयो रे भन्नमा कसैलाईपनि बिश्वास लागेको देखिन्न।

यसरी सबैतिर जुत्ता खियाउने र मिलेसम्म सबैकहाँ चियाउने गर्दापनि मन्त्री पद नजोगिने देखेपछि राजीनामा दिने र बिदा लिने काम गर्नै पर्‍याे। मन्त्रालय छोड्दा सबैजसोले पत्रकार सम्मेलन गरेर आफूले ज्यादै राम्रो काम गरेकोमा आफैंले आफ्नो सक्दो तारिफ गर्दै आफ्ना लागि मन्त्री पद खासै ठूलो चिज नभएको र आफू कहिलेपनि यसको पछिपछि नगएको प्रष्ट पारे।

यसमा बस्दा कति ख्वाइयो, कति खाइयो, कति बुुझाइयो र कति खान अरुलाई सुुझाइयो भन्ने चाहिँ नखुुलेको हुुनाले सम्मेलन अलि खल्लो भयो भन्नेहरुपनि देखिए। यसबाट मन्त्रालयमा भित्रिन महिनौँ अघिदेखि सपथ खान हतारिएका र पुुरानाका किचकिचले बाहिरै बस्ने गरी लतारिएका नाम घोषित मन्त्रीहरुले आफू त्यसै शोषित भएको महसुुस गरे। मन्त्री हुुनेमा नाम आइसकेर मन्त्रालय हाँक्न चर्को इच्छा लाग्दापनि पुुरानाका झर्को लाग्दो अटेरी गनगन सुुनेर बस्न पर्दा अर्को निर्णय भएर अलपत्र परिएला भन्ने डरबाट पार पाउँदा नयाँ मन्त्रीहरु खुसी भएको देख्दा जनतापनि खुुसी छन्। उनीहरुलेपनि पहिलो दिनबाटै आमदानीको मेलो सोझ्याइ सकेको सुन्दा सबैको खेलो एउटै भएकोमा सबैले गर्ब गर्न पर्छ।

जनताको सेवा गर्ने एउटा परिचरको सरकारी जागिर छोड्न पर्दा त जनताको सेवाबाट बन्चित भइयो भनेर कति पिर पर्छ भने मन्त्री पदको जागिर छोड्न पर्दा पिर नपर्ने र यसले अर्कै किसिमको असर नगर्ने त कुुरै आएन।

मनमा जस्तो पिर भएपनि कसैले आफू पहिलेदेखि नै मन्त्रीको भन्दा ठूलो गाडी चढेर हिँडिरहेकोले खासै चिन्ता नभएको, कसैले आफूले जति काम अहिलेसम्म कसैले गर्न नसकेको हुनाले रिसले टिक्न नदिएको र मन्त्री भएर आफूले कुनै फाइदा नलिएको आदि भन्न भ्याए। ती मध्ये एकजना कहिले सडकमा ढुंगा हानेर, कहिले मुुखमा कालो पट्टी लगाएर भाषण गर्न आएर, कहिले सडकमा रोडा बालुुवा हटाउँदै ठेकेदारहरुसँग बार्गेनिङ गरेर सधैं चर्चामा आउने नेतृले मन्त्रालयबाट बिदाइ हुुँदा जनताको काम गर्न नपाइने भयो भन्ने घोर चिन्ताले बलिन्द्र धारा आँसुु खसालेको र आफूले गरेको राम्रो कामको बयानभन्दा पनि रोएर प्रश्न सोध्न सक्ने पत्रकारहरुलाई थुुचुुक्कै बसालेको देख्दा यिनलाई अध्यक्षले जानेरै त्यो मन्त्रालयमा पसालेको एकदम सही रहेछ भन्ने पत्रकारहरुले पनि महसुुस गर्न पाए।

यिनले आँसु पुुछ्दा त्यहाँ राखिएको न्यापकिन सिध्याइकन रुमाल समेत भिजाएको र जनताको सेवा गर्न नपाइने भन्ने पिरमा झाँक्रा फिँजाएको देख्दा झाँक्री नाम चरितार्थ गरेकोमा यिनको तारिफ गर्नेहरुपनि निकै भेटिए।

मन्त्री पद नछोड्नलाई गरिएको उच्चकोटीको कसरत र जनताको काम छोडेर जाँदा जाँदैको रोइकराइ देख्दा जनता निकै प्रभाबित भएका छन् रे भन्ने बुुझियो। राजनीतिमा लागेर मन्त्री नभइकन जनताको काम गर्नै नहुुने र मन्त्री भएपछि खल्ती भर्ने बाहेक जनताको कुुनै काम नछुुने संस्कृतिको सारै राम्रो बिकास भएको देखेर जनता चाहिँ त्यसैत्यसै दंग छन्।

गठबन्धनको एउटा दलमा अरु माननीयहरुलाई पनि मन्त्री भएर खानपिनको अनुुभवको लागि सबैलाई मौका दिइएपछि अरु दलहरुमा पनि यसको अनुुशरण गर्न पर्ने दवाव आएकोले मन्त्री भएर आर्थिक कवाव खाने तिब्र इच्छा सबैमा जागृत भएको देखिन्छ।

यो सरुवा रोगलाई बेलैमा ठेगान लगाउन नसके मन्त्री हुन नपाउनेहरुले आफूलाई हरुवा सम्झेर फेरि चुुनावमा बालकोटे कामरेडतिर मिल्नपरे आफैंलाई निल्न आउलान् भन्ने डर। गठबन्धनका सबै दलहरुमा यो रोग छिटै सर्ने र शिर्षहरुको निद्रा हर्ने सम्भावना बढी देखिएपनि शिर्षहरुले अरु कुनै किसिमको लोभ देखाएपछि समस्या अहिलेलाई टर्ने सम्भावना पनि उत्तिकै छ।

मधेशको लागि खासै केही काम नगर्ने मधेशबादी जसपामा यो समस्या अलि बढी देखिए पनि बुढानिलकण्ठे सभापति र स्वघोषित महान नेताले अरु धेरै लोभ लालच देखाएर मिलाउने अनि आफ्नालाई खानपिनको अर्को बाटो दिलाउने र धम्काएर भएपनि चुुनावसम्म आकाँक्षीहरुको आँ परेको मुख आश्वासनले सिलाउने ब्यबस्था गरि हाल्छन्।

सबैलाई यसैगरि टार्ने,टाकटुुक पारेर आफ्नो औकातमा झार्ने,गफगाफ दिएर सबैलाई मख्ख पार्ने र यसरी नै सबैतिरबाट तर् मार्ने कामको लागि त यो गठबन्धन गरिएको हो भन्नेहरुको कुुरा जनताले चाहिँ सुुनेका र बुुझेका छैनन् भनेर यिनीहरु भित्रभित्रै दंग छन्।

तर यिनीहरुको कन्दनी छिनीसकेर लँगौटिको दुुबै टुुप्पो बल्लतल्ल दुुबै हातले समातेर लाज बचाएका र अरुले जति थुुकेपनि सरापेपनि गालि गरेपनि रुन्चे हाँसो हाँसेर पचाएका छन् भन्ने सबैले बुझी सकेका हुुनाले अब लंगौटीको टुुप्पो समात्न छोडिदिएमापनि कुुनै फरक पर्दैन होला भन्नेहरुका कुरा कसैले सुन्न हुँदैन।

त्यही भएर अहिलेमात्रै होइन जहिलेपनि खाइपाइ आएको मन्त्री वा अन्य पद छोड्न पर्दा जनताको नाममा कसैले मनभित्र र कसैले सबैले देख्नेगरि यसरी नै गोहीको आँसुु चुहाएको देख्न र हेर्न पाउँदा जनताले बेलाबेलामा मनोरन्जन गर्न पाउँछन्। जनताको उपलब्धि भनेकै यही हो।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो