कला डाइजेष्टको सम्मान

डिसी नेपाल
१९ असार २०७९ १०:०२
176
Shares

काठमाडौं। कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिका कलाकर्मी डाइजेष्टले आफ्नो पहिलो अंक सार्वजनिक गर्दै पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान’बाट सम्मानित गरेको छ। कार्यक्रममा कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको थियो।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौलालगायतले पत्रिका सार्वजनिक गरे।

उपमेयर डंगोलले छापा माध्यमको गति कम भइरहेको अवस्थामा प्रकाशनमा आएको पत्रिकाले समाजलाई नयाँ दिशा दिने दाबी गरिन्। सम्मानित कलाकार शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्यासित रुपमा सम्मानित हुन पाउँदा सधैं गौरवको महसुस हुने बताए। कलाकर्मी मिडिया म्यानेजमेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल छिन्। ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ।

पत्रिकामा राजनीति, मनोरञ्ज, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरु समेटिएको प्रकाशक भट्टराईले बताए। पत्रिकाकी सम्पादक बबिता ढकालले छापा माध्यमको महत्व कहिल्यै पनि नघट्ने भएकाले यो पत्रिका प्रकाशनमा आएको बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *