गायिका सुरक्षा सेन्चुरीको स्वरमा ‘तिमी बिना’ बजारमा
काठमाडौँ। गायिका सुरक्षा सेन्चुरीको स्वरमा रहेको ’तिमी बिना’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ। हङ्गकङ्ग निवासी गीतकार रचना प्रधानको शब्द सिर्जना तथा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीतमा गीत तयार गरिएको छ। गीतमा राहुल प्रधानको एरेन्ज रहेको छ।
तिमी बिना भाग ३ मा प्रबिन डिसी , आयुष्मा कार्की र सृष्टि सुब्बाको अभिनय रहेको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन गरेका छन्।
प्रेम, रोमान्स र बिछोडले भरिएको त्रिकोणत्मक प्रेम कथालाई देखाउन खोजीएको गीतको भिडियोलाई पछिल्लो पुस्ताका रुचाइएका निर्देशक जस बहादुर याक्खाले निर्देशन गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment