देउडा गीत ‘यो मुटु छुन लाग्यो’ सार्वजनिक

डिसी नेपाल
१९ असार २०७९ १२:३८
28
Shares

काठमाडौं। ‘यो मुटु छुन लाग्यो’ बोलको देउडा गीत सार्वजनिक भएको छ । चर्चित देउडा कलाकार तथा सर्जक माधव विष्ट (कैलाश) को उक्त देउडा गीत सार्वजनिक भएको हो ।

गीतका परिकल्पनाकार आफै रहेका विष्टले कथा, लय तथा शब्द पनि आफैँले कोरेका छन् । यस्तै गीतमा चर्चित कलाकार भुवन प्रकाश बडूको ऐरेञ्ज तथा भरत भट्ट र गौरी भट्टले आवाज दिएका छन् ।

उक्त गीतको भिडियोलाई सङ्गीत विकल्पले निर्देशन गरेका हुन् हो भने अमन बडूले छायाङ्कन गरेका हुन्। मनोज डङ्गोलले रेकर्ड तथा मिक्सिङ गरेका छन् । गीतमा सर्जक विष्ट, आशा शाही, भुवन बडू र टेक ऐरले अभिनय गरेका छन् ।

‘घर छैन आँसुको’, ‘सुदूरपश्चिम स्वर्गसरी’, ‘जन्म्याभूमि फर्केर आइग्यु दोगडाकेदार’, ‘न्याउली’ जस्ता दजनौँ गीतको सिर्जना गरिसकेका विष्टले यो गीत पनि फरकपनका साथ तयार पारिएको बताए । पछिल्लो समय टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालको बढ्दो दुरुपयोगका कारण सम्बन्धमा आउने उतार चढाव, मिलन, विछोडलाई गीतमार्फत प्रस्ततु गरिएको सर्जक विष्टको भनाइ छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *