दुईवटा औंलाको भिडियो बनाएर महिनाको १६ लाख कमाइ !

डिसी नेपाल
२० असार २०७९ १३:२१

काठमाडौं । कोही पैसा कमाउनको लागि जागिर गर्छन् त कोही ब्यापार गर्छन् । तर यी महिलाको पैसा कमाउने तरिका फरक छ। यी ३८ वर्षीया महिलाले आफ्नो औंला घुमाउने ट्रिकबाट धेरै कमाइरहेकी छिन् । महिलाको दुवै हातका बुढी औँला निकै लचिलो छन् जसका कारण महिला सामाजिक सञ्जालमा निकै चर्चामा आएकी छिन् ।

उनको नाम एली राई हो। एलीले बताइन् कि उनको औंला धेरै लचिलो छ। उनले अरू बुढी औंलालाई अरुभन्दा धेरै घुमाउन सक्छिन्। उनले सामाजिक सञ्जालमा अनौठो ट्रिक अफ थम्ब टर्निङका तस्बिर र भिडियो शेयर गर्छिन्, जसका कारण उनी टिकटक स्टार बनेकी छिन् ।

यति मात्र होइन, सामाजिक सञ्जालमा यो अनौठो प्रतिभाका कारण एलीले हरेक महिना १३ हजार डलर (१६ लाख रुपैयाँ) कमाइरहेकी छिन् ।

@theallierae1Yummy♬ original sound – TheAllieRae1

न्युयोर्क पोस्टको रिपोर्ट अनुसार एली पहिले नर्सको रूपमा काम गर्थिन्। तर एडल्ट साइटमा काम गरेको कारण उनलाई २०२१ मा नर्सको जागिरबाट निकालियो । पछि उनले जागिर छाडेर सामाजिक सञ्जाललाई आफ्नो पूर्णकालीन करियर बनाइन् । जहाँ औंला घुमाउने कलाले उनलाई चर्चित बनायो र टिकटकमा उनी चर्चित भइन् ।

एलीका अनुसार धेरैले उनको औंलाको भिडियो र फोटोहरू किन्छन्, जसबाट उनले ठूलो पैसा कमाउँछन्। कहिले औँलाले गाडीको स्टेयरिङ समातेर, कहिले ड्राइभिङ गरिरहेको देखिन्छ ।

अमेरिकाको फ्लोरिडामा बस्ने एली ३ सन्तानकी आमा हुन् । पहिले महिनामा डेढ लाख रुपैयाँ आम्दानी भएकोमा एक वर्षमा बढेर १६ लाख रुपैयाँ पुगेको उनले बताइन् । उनी भन्छिन्– यो निकै अनौठो कुरा हो तर मलाई यो हास्यास्पद लाग्छ ।

 

View this post on Instagram

 

A post shared by The Allie Rae (@theallierae)

एलीले एक दिन इन्स्टाग्राममा अपरिचित व्यक्तिबाट सन्देश आएको बताइन् । सन्देशमा, व्यक्तिले उनको औंलाको प्रशंसा गर्दै भने कि उनलाई उनको झुकेको औंला धेरै मन पर्छ।

त्यसैगरी, धेरैले उनको औँलाको तारिफ गर्छन् । कतिपयले एलीसँग अनौठो माग पनि गर्छन् । एलीसँग एकजना मानिसले दाँत मागेका थिए । उनले यसका लागि २०,००० डलर पनि प्रस्ताव गरे। तर एलीले अस्वीकार गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *