ज्येष्ठ नागरिकको अनुभव अनुशरण गरे समाज समृद्ध बन्छ : कोइराला

डिसी नेपाल
२१ असार २०७९ ७:२०
44
Shares

विराटनगर। विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले ज्येष्ठ नागरिकका समस्या समाधानका लागि महानगरपालिका गम्भीर रहेको बताएका छन्।

विराटनगरको पुष्पलालचोकस्थित महिला जागृति तथा वृद्धाश्रमले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्येष्ठ नागरिकलाई सम्मानित रूपमा बाँच्ने वातावरण बनाउनुपर्नेमा जाेड दिए।

उनले भने,’ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको अनुशरण गर्न सके समाज समृद्ध हुन्छ। जीवनमा हरेक व्यक्ति ज्येष्ठ नागरिक हुन्छन्। वृद्धवृद्धालाई सम्मान गर्ने व्यक्तिले पनि भविष्यमा समाजबाट सम्मान पाउँदछन्।’

उनले महिला जागृति तथा वृद्धाश्रमलाई महानगरका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।  ‘हाम्रो तर्फबाट यस संस्थालाई पूर्ण रूपमा सहयोग रहन्छ’, महानगर प्रमुख कोइरालाले भने, ‘हामी महानगरमा आएको पनि धेरै भएको छैन, बुझ्दैछौँ के गर्न सकिन्छ गर्छौँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *