प्लस टु लागि मनास्लु कलेज सुनौलौ शैक्षिक गन्तव्य बन्दै

डिसी नेपाल
२१ असार २०७९ १२:३१
892
Shares

काठमाडौं। काठमाडौंको चावहिल, चुच्चेपाटीमा युवा उद्यमी समूह ‘मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.लिले ‘मनास्लु वर्ल्ड कलेज’यति बेला सुन्दर शैक्षिक गन्तव्य बन्दै आएको छ।

शिक्षा क्षेत्रमा लामो समय अनुभव हासिल गरेका अध्यापकहरूको एउटा समूहले निर्माण गरेको मानास्लु कलेज छोटो समयमै आफ्नो गुणस्तरद्वारा परिचित हुन सफल शैक्षिक संस्थाका रूपमा रहेको छ।

प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पढाई हुने यो कलेजमा भर्ना भएका विद्यार्थीले कोर्सको माग अनुसारकै प्रयोगात्मक ज्ञान पनि दिने गरिएको छ।

सैद्धान्तिक ज्ञानका साथसाथै प्रयोगात्मक सिपलाई पनि जोड दिँदै त्यसका लागि कलेजले बैंक सम्बन्धी तालिम, होटल व्यवस्थापन सम्बन्धी तालिम, सञ्चालन गर्दै आएको छ। त्यस्तै मानविकी संकायमा पत्रकारिता पढ्ने विद्यार्थीका लागि रेडियो, टेलिभिजन स्टुडियोहरूको भ्रमण गराई प्रयोगात्मक शिक्षा दिँदैआएको पाइन्छ।

विद्यार्थीहरुलाई विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका हेतुले कलेजको स्थापना गरिएको र सोही अनुसारको व्यवहार पनि लागु गरिएको प्रा.लिका अध्यक्ष गेन्द्र लामा बताउँछन्।

लामा भनछन्, ‘कलेजले नविनतम् प्रविधिको उच्च प्रयोग गरी विद्यार्थीको अव्वल क्षमता निर्माण गर्ने विभिन्न योजना लिएर निर्माण भएको महत्वपुर्ण शैक्षिक गन्तव्य हो।’

कलेजको स्थापना लामो समय अध्यापन क्षेत्रमा कार्यरत र विभिन्न स्कुल कलेज संचालन गरी शिक्षा क्षेत्रमा ख्याती कमाएका प्रध्यापकहरुले जीवनका लागि शिक्षा दिइनु पर्छ भन्ने मान्यताका आधारमा नयाँ प्रकारको सोच र चिन्तन राखेर मनास्लु वर्ल्ड कलेजको स्थापना भएको प्रिन्सिपल राजन श्रेष्ठले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *