नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप
काठमाडौं। नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ। अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो। रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज तिम्सिनालगायत पदाधिकारी मंगलबार पनि कार्यालय पुगेका थिए । तर, उनीहरूलाई प्रहरीले प्रवेश गर्न दिएन। प्रहरीले रोक लगाएपछि दुवै पक्षबीच वादविवाद चलेको थियो।

रेडक्रसको अघिल्लो कार्यसमितिका पदाधिकारी भ्रष्टाचारमा मुछिएपछि ओली सरकारले कार्यसमिति विघटन गरी तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment