पुस २९ देखि देशभरका सिनेमा हलमा ‘गुञ्जन’

डिसी नेपाल
२२ असार २०७९ १४:१३
192
Shares

काठमाडौं। काठमाडौंसहित देशभरकाका हलहरूमा आगामी २९ पुसमा चलचित्र ‘गुञ्जन’ रिलिज हुने भएको छ। निर्माण युनिटले काठमाडौंका लागि फिल्म वितरक जिजीए ग्रुप र काठमाडौंबाहिरका लागि एफडी कम्पनीसम्म सम्झौता गर्दै रिलिज मिति तय गरेको हो।

प्रेमकथात्मक यस फिल्ममा सारा सिर्पाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङ्तान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायत कलाकारको अभिनय छ।

दुई दशकदेखि द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको पहिलो निर्देशन फिल्म देख्न सकिन्छ। हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको फिल्म एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। काठमाडाैं, पोखरा, जोमसोममा र दुवईमा छायांकन भएको छ।

फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। राजेश श्रेष्ठको छायाँकन, विपिन मल्लको सम्पादन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत छ । फिल्ममा अभिनेत्री नीता ढुंगानाको आकर्षक आइटम डान्स समेत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *