आइतबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय
काठमाडौं.सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको हो।
गृह प्रवक्ता फणिन्द्रमणि पोखरेकाअनुसार राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment