नयाँ लेखकलाई समेट्दै ‘पुष्पा २’

डिसी नेपाल
२३ असार २०७९ ९:०३
184
Shares

मुम्बई। अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पा’को सफलतापछि लेखक तथा निर्देशक सुकुमार फिल्मको सिक्वेललाई अझ हिट बनाउनका लागि प्रतिबद्ध भएर लागेका छन्। त्यसका लागि उनले एक योजना बनाएका छन्।

सुकुमार तेलुगु फिल्ममा लोकतान्त्रिक फिल्म निर्माण गर्ने निर्माताका रुपमा चिनिन्छन्। त्यहीकारण उनले तेलुगुमात्र होइन, भारतका अन्य फिल्म उद्योगका युवाहरुलाई ‘पुष्पा २–द रुल’मा आबद्ध गराउने निर्णय लिएका छन्। उनले भारतभरका युवा लेखकबाट ‘पुष्पा २’का लागि सिन्स, एपिसोड निर्माण गर्न सहयोगको आव्हान गर्ने योजनामा छन्। उनले युवाहरुको फाइनल ड्राफ्ट आफूलाई मनपरेमा त्यसको उचित पारिश्रमिक पनि दिने बताएका छन्।

‘यो एक अनौठो कथा हो र पटकथालाई उत्कृष्ट बनाउनका लागि मैले सटिक तरिका अपनाएको हुँ। जसकारण नयाँ लेखकसँग काम गर्ने अवसर पनि पाइन्छ । उनीहरुलाई राम्रो पारिश्रमिक दिने व्यवस्था गरेको छु’,उनले भनेका छन्।

सन् २०२१ डिसेम्बर १७ मा रिलिज फिल्म ‘पुष्पा’ले बक्सअफिसमा १ सय ८ दशमलब २६ करोडको कमाई गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *