प्रहरी प्रवक्तामा डिआइजी राई

डिसी नेपाल
२३ असार २०७९ २०:१८
276
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईलाई दिइएको छ ।

उनी हालैमात्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट डिआइजीमा पदोन्नति भएका हुन् । प्रहरी प्रधान कार्यालयका अनुसार उनले आजैदेखि प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।

पदोन्नति हुनुअघि राई बबरमहलस्थित प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो प्रमुखका रूपमा थिए। यसअघिका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई भने अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा पठाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *