अभिनेता राज बब्बरलाई जेल सजाय

डिसी नेपाल
२४ असार २०७९ ९:३३
14.2k
Shares

मुम्बई। २६ वर्षअघिको एक घटनालाई आधार मान्दै लखनउको एमपी–एमएलए अदालतले अभिनेता तथा कंग्रेस नेता राज बब्बरलाई दुई वर्षको जेल सजाय सुनाएको छ। उनलाई अदालतले ८५ सय रुपैयाँ जरिवाना पनि तिर्न भनेको छ।

राजलाई यो सजाय २६ वर्ष पुरानो एक मामलामा सुनाइएको हो। यद्यपि अदालतले उनलाई यो मामलामा अन्तरिम जमानत पनि दिएको छ। अब उनले ३० दिन भित्र उच्च अदालतमा जानुपर्नेछ। फैसलाको समयमा राज अदालतमै उपस्थित थिए । उनले यो फैसलाविरुद्ध उच्च अदालतमा चुनौती दिने बताएका छन्।

लखनउको वजीरगञ्जमा उनले चुनाव अधिकारीलाई सन् १९९६ मा कुटपिट गरेका थिए। त्यो चुनावमा राज बब्बर प्रत्यासी थिए। सन् १९९६ मे २ मा मतदान अधिकारी श्रीकृष्ण राणाले थाना वजीरगञ्जमा प्रत्याशी राज बब्बर र अरविन्द यादवसहित अन्य व्यक्तिविरुद्ध एफआईआर दर्ता गराएका थिए। यो मामलामा बिहीबार फैसला सुनाइएको हो।

मतदान अधिकारीका अनुसार मतदान केन्द्र संख्या १९२-१०३ को बुथ संख्या १९२ मा जब मतदाता आउन बन्द भयो, तब उनी मतदान केन्द्रबाहिर निस्किएर खाना खान गइरहेका थिए। त्यही बेला प्रत्याशी राज आफ्नो साथीहरुलाई लिएर मतदान केन्द्रमा आएका थिए र फर्जी मतदानको झुठो आरोप लगाउन थाले। सरकारी काममा बाधा पुर्याउँदै उनले कुटपिट पनि गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *