अटलबिहारी बाजपेयीको बायोपिकमा पंकज त्रिपाठी

डिसी नेपाल
२४ असार २०७९ १२:१३
100
Shares

मुम्बई। बलिउडमा हरेक वर्ष कसै न कसैको बायोपिक बनिरहन्छ। केही दिनअघि भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको बायोपिक बन्ने चर्चा चलेको थियो। यो फिल्म एनपीको पुस्तक ‘द अन्टोल्ड बाजपेयी एन्ड पेराडक्स’मा आधारित हुनेछ।

यो फिल्ममा प्रमुख भूमिकामा अभिनेता पंकज त्रिपाठीले अभिनय गर्ने भएका छन्। फिल्म निकट स्रोतले पनि पंकज नै फिल्ममा प्रमुख भूमिकामा रहने पुष्टि गरेको छ । पंकजले हालैमात्र रिलिज फिल्म ‘शेरदिल’मा अभिनय गरेका थिए।

यो फिल्मलाई विनोद भानुशाली, संदीप सिंह, सेम खान, कमलेश भानुशाली र विशाल गुरनानीले निर्माण गर्दैछन्। फिल्म सन् २०२३ को क्रिसमसमा रिलिज गर्ने योजनामा निर्माण पक्ष छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *