ठमेलको एक होटलमा २६ वर्षीया महिला बलात्कृत
काठमाडौं। काठमाडौंमा एक जना २६ वर्षीया महिला बलात्कृत भएकी छन्।
ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ।
काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment