विश्वकीर्तिमानी खेलाडी उज्वल ठकुरीलाई विश्व च्याम्पियन करातेमा कास्य पदक

डिसी नेपाल
२४ असार २०७९ २२:२२

काठमाडौं । ९ पटक करातेमा विश्वकीर्तिमान राखिसकेका खेलाडी उज्वल ठकुरीले विश्व कराते च्याम्पियनसिप २०२२ मा  कास्य पदक हात पारेका छन् ।

गत जुलाई २ देखि ७ सम्म फ्लोरिडा राज्यमा सञ्चालन भएको विश्व कराते प्रतियोगितामा उनी लगायत अन्य दुई खेलाडी सहितले समूह भिडन्त (कुमिते)मा तेश्रो स्थान हासिल गरेका छन् ।

अमेरिकामा १० औ डब्लुयुकेएफ वर्ल्ड कराते च्याम्पियनसिप २०२२ फ्लोरिडाको फोर्थ लाउडरमा भएको थियो । यो खेल खेल्न अमेरिकाको दुई वटा राष्ट्रिय कराते संघले मात्र देशभरि छनौट गर्छ ।

ठकुरीले युएसएकेएफएद्वारा (युनाइटेड स्टेट अफ अमेरिका कराते फेडेरेसन) खेलेका हुन् । एएयु र युएसएकेएफ दुई राष्ट्रिय संघ हुन् जसले अन्तर्राष्ट्रिय खेलाडी छनौट गर्न पाउछ।

ठकुरीले युएसएकेएफबाट अमेरिका देशको लागि विश्व च्याम्पियन खेल खेल्न अनुमति पाए । कराते खेलाडी ठकुरी दुई खेलमा छनौट भएका थिए । पहिलो ११५ कुमुते शोबू सानबोन मेल भेटेरेंस खुला नामक प्रतियोगितामा एकल भिडन्त खेलमा उज्ज्वल ठकुरी प्रथम चरणमै मेक्सिको राष्ट्रसँग २-१ ले पराजित भएका थिए ।

त्यसैगरि दोस्रो खेल १३२ कुमिते टिम रोटेसन शोबू सानबोन मेल खेलमा ३ जनाको टोली हुन्छ भने उक्त प्रतियोगितामा भिडन्त (फाइट) ६ मिनेटको हुन्छ।

यो खेल समूहमा ९ पटक विश्व किर्तिमान ठकुरीसँग अमेरिकाबाट २ पटक विश्व च्याम्पियन खेलाडी क्रिस विल्क्स तथा हिसाओ ओसाको एकै टोलिमा थिए ।

उक्त खेल प्रतियोगतामा ३ खेलाडीहरुले कास्य पदक पाएका थिए । यो खेलमा सेमीफाइनलमा पोर्चुगलसंग १०-८ अङ्कमा अमेरिकाले पराजित हुनुपर्यो भने पोर्चुगलले दोस्रो स्थान प्राप्त गरेको छ ।

उक्त प्रतियोगितामा इगंल्याण्ड प्रथम भएको थियो। यो खेलमा १९ सय खेलाडीहरु सहभागी थिए भने ३४ राष्ट्रले भाग लिएका थिए।

यो खेलमा विश्वकप पनि हुन्छ र विश्व च्याम्पियन पनि हुन्छ साथै यूरोप च्याम्पियन पनि हुन्छ । विश्वकप प्रत्येक दुर्ईबर्षमा हुनेगर्छ। उज्वलले ९ पटक विश्वकिर्तिमान मात्र नभएर विश्व च्याम्पियनमा समेत कास्य पदक हात पार्न सफल भएका छन् । नेपालले भाग लिन नसकेपनि नेपालले जितेको सरह हो उनको भनार्ई छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *