‘चोभार ब्लुज’को लोकार्पण

डिसी नेपाल
२६ असार २०७९ ८:४९
36
Shares

काठमाडौं। इन्जिनियर विक्रमभक्त जोशीको कृति कथासङ्ग्रह ‘चोभार ब्लुज’को लोकार्पण सम्पन्न भएको छ। वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो।

जोशीका कथाहरुले यात्रालाई पृष्ठभूमि बनाएको प्रसङ्ग उप्काउँदै माया ठकुरीले भनिन्, ‘विक्रम भाइ यात्राहरुमा निस्किरहनु हुन्थ्यो। उहाँले आज यति राम्रो पुस्तक हामीलाई उपहार दिनु भयो। उहाँ त यात्रामा कथा टिप्न पो जानु हुँदोरहेछ।’

पुस्तकका प्रकाशक अश्विनी कोइराला सभापति रहेको कार्यक्रममा लेखकका पिता प्रभु भक्त जोशी विशेष अतिथिको भूमिकामा उपस्थिति रहेको थियो। अन्य अतिथिहरुमा समीक्षकद्वय महेश पौड्याल र राजकुमार बानियाँ, पुस्तकका सम्पादक दीपक दर्शन दाहाल तथा भाषा सम्पादक रमेश दाहालको उपस्थिति रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *