अष्ट्रेलियाका चार सहरमा ‘बद्रीबहादुर’
काठमाडौं। निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ नेपाल अघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ।
फिल्मको आगामी ३० जुलाईमा सिड्नीलगायत चार सहरमा रिलिज गर्न लागिएको हो। फिल्म रिलिजकको लागि शोभित केही दिनअघि अष्ट्रेलिया उडेका थिए। फिल्मको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन्।
सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन्। फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजिवजंग बस्नेत, धिरेन शाक्य र नवकलाकार एलिना गुरुङको अभिनय छ। एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन्।
फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व, विनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन छ। कमेडी जनराको फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकन गरिएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment