श्रीलंकाका प्रदर्शनकारीको इमानदारिता, राष्ट्रपति र प्रधानमन्त्रीको घर सफा गरे, भेटेको करोडौं फिर्ता दिए

डिसी नेपाल
२६ असार २०७९ १४:३६

काठमाडौं । श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीको निवासमा हिंसा फैलाउने प्रदर्शनकारीले भोलिपल्ट आइतबार नयाँ रुप देखाएका छन् । आइतबार प्रदर्शनकारीहरूले राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री रनिल विक्रमसिङ्घेको घर सफा गरेका छन् ।

शनिबार प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जा गरेका थिए । उनीहरू राष्ट्रपति भवनको स्विमिङ पुलमा पौडी खेले, राष्ट्रपतिको बेडरुममा सेल्फी खिचे, राष्ट्रपतिको किचनमा खाना खाए र राष्ट्रपतिको पियानो समेत बजाए । राष्ट्रपति भवनको पुस्तकालयमा किताब हेर्नेको पनि भिड लागेको थियो ।

एक दिनअघि कोलम्बोस्थित राष्ट्रपति भवनमा कब्जा जमाउने प्रदर्शनकारीले इमानदारीको अर्को उदाहरण पनि देखाएका छन् । प्रदर्शनकारीहरूले राष्ट्रपति भवनमा १५ मिलियन भन्दा बढी श्रीलंकाली मुद्रा नगद प्राप्त गरेका छन्। आन्दोलनकारीले सुरक्षाकर्मीलाई पैसाको बन्डल हस्तान्तरण गरेका छन् ।

आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गर्नु ठिक अघि भागेका राष्ट्रपति कहाँ छन् भन्ने कसैलाई थाहा छैन । यद्यपि सीएनएनले सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै प्रदर्शनकारीहरू राष्ट्रपति भवनमा प्रवेश गर्दा गोटाबाया राजापाक्षे उपस्थित नभएको बताएको छ।

प्रदर्शनकारी त्यहाँ पुग्नुअघि नै राष्ट्रपतिलाई अन्यत्र लगिएको समाचारमा जनाइएको छ । जहाजमा सवार सबै राष्ट्रपति भवनका कर्मचारी रहेको दाबी गरिएको छ भने गोटाबाया राजापाक्षे कोलम्बोबाट भागेको दाबी पनि गरिएको छ ।

श्रीलङ्काका सांसद हर्ष डा सिल्भाले संसदका सभामुखले बढीमा ३० दिनसम्म राष्ट्रपति पदमा रहेर काम गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिने विषयमा पार्टीका अधिकांश नेताहरूले सहमति जनाएको बताएका छन् । उनले निर्वाचनका लागि नेताहरु सहमत भएको समेत बताए । सरकारको बाँकी कार्यकालका लागि राष्ट्रपतिबाट सांसद चयन हुनेछन् । अबको केही दिनमा सर्वदलीय अन्तरिम सरकार गठन हुनेछ ।

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे पनि राजीनामा दिन राजी भएका छन् । गोटबायाले जुलाई १३ मा आफ्नो पदबाट राजीनामा दिनेछन् । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले राजीनामा दिएपछि संसदका सभामुख महिन्दा यापा अबेभेर्डानेले राजीनामा दिने राष्ट्रपतिको निर्णयको घोषणा गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *