तस्बीरमा हेर्नुहोस बकर इदको रौनक
काठमाडौं । इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो मुख्य पर्व ईद-उल-अजहा (बकरा ईद) आज आइतबारबाट मनाइँदै छ। इस्लामिक क्यालेन्डर हिजरी सम्वतको १२औँ महिना जिलहिज्जाको १० तारिखबाट यो पर्वको मनाइने गरिन्छ।
इदलुफित्र पर्वको ठिक ७० दिन पछि सुरु हुने यो पर्वमा पशुबलीसँग प्रत्यक्ष सरोकार राख्ने यो पर्व तीन दिनसम्म मनाइन्छ । बकर ईदको पहिलो दिन, बिहानै नुहाइधुवाइ गरी सुकिलो, सफा कपडाका साथमा अत्तर लगाई इदगाह (नमाज पढ्न बनाइएको विशेष खुला ठाउँ) वा मस्जिदमा जम्मा भई समूहमा नमाज पढ्ने गरिन्छ।
ईस्लाम धर्मको महान पर्व (ईदुल फित्र) ईद र (ईदुलअजहा) बकरईदको दिन मुस्लिम समुदाय एकत्रित इदगाहमा नमाज पढ्ने गर्छन्। अल्लाहको आदेशमा इब्राहिमले आफ्ना प्यारो छोरा इस्माइललाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाइन्छ।
हेर्नुहोस इस्लाम धर्मालम्बीहरु नमाज (प्रार्थना) गर्दै:








No ads found for this position

डिसी नेपाल
Facebook Comment