दोर्दी खोलाको कारोबार खुलेसँगै सर्किट लागेर बढ्यो भाउ

डिसी नेपाल
३० असार २०७९ १३:०६
124
Shares

काठमाडौं। दोर्दी खोला जलविद्युत कम्पनीको सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ। दोर्दीको पहिलो कारोबार ३०७.१० रुपैयाँमा खुला भएको हो।

नेप्सेले यसको ओपनिङ रेन्ज न्यूनतम १०२ रुपैयाँ ३९ पैसादेखि अधिकतम ३०७ रुपैयाँ १७ पैसा तोको थियो। सोही रेन्जको अधिकतम विन्दुबाट यसको कारोबार सुरु भएको हो। यद्यपि, कारोबार खुलेको केही समयमै यसको सेयर भाउ सकारात्मक सर्किट लागेर बढेको छ।

बिहान ११ः०५ बजेसम्ममा यसको भाउ १० प्रतिशतले बढेर ३३७.८० रुपैयाँ पुगेको छ। दोर्दी खोलाको चुक्त पुँजीका आधारमा कायम एक करोड पाँच लाख ४२ हजार ६०४ कित्ता सेयर बुधबार सूचीकरण भएको थिया। ‘डीओआरडीआई’ संकेतमा यसको सेयर कारोबार सुरु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *